काठमाण्डौ महानगरको सार्वजनिक क्षेत्रभित्र आजदेखि चुरोट तथा सुर्ती खान नपाइने



काठमाण्डौ महानगरको सार्वजनिक क्षेत्रभित्र आजदेखि चुरोट तथा सुर्ती खान नपाइने

काठमाण्डाै १ असाेज । काठमाण्डौ महानगरपालिकाको सार्वजनिक क्षेत्रभित्र आजदेखि चुरोट तथा सुर्ती खान नपाइने भएको छ । महानगरपालिकाले अस्ति बिहीवार सूचना निकालेर असोज १ गतेदेखि सार्वजनिक ठाउँमा चुरोट, बिँडी, सिगार, तमाखु, सुर्ती, खैनी, गुट्खा वा त्यस्तै प्रकारका अन्य पदार्थ खान नपाइने जनाएको हो ।

सार्वजनिक ठाउँलाई धुम्रपान र सुर्तीजन्य पदार्थमुक्त क्षेत्र घोषणा गर्ने प्रयासलाई सहयोग गरिदिन पनि महानगरपालिकाले सबैसँग आग्रह गरेको छ । कानुन, सदाचार र सार्वजनिक हित तथा भलाइका हिसाबले काठमाण्डौ महानगरपालिकालाई धुम्रपान तथा सुर्तीजन्य पदार्थमुक्त क्षेत्र बनाउन लागेको भन्दै महानगरले अटेर गर्नेलाई सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन–२०६८ का आधारमा कारबाही र जरिबाना तिराइने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे