कांग्रेसले मात्र जनहितकाे कार्य गर्छ : सांसद शाह



कांग्रेसले मात्र जनहितकाे कार्य गर्छ : सांसद शाह

कपिलवस्तु २८ भदाैं । निर्वाचनका बेला देखिने नेताहरुलाई जनताले फेरि जवाफ दिने कपिलवस्तु क्षेत्र ३ का सांसद अभिषेक प्रताप शाहले ठाेकुवा गरेका छन् । पचीसाैं बर्षदेखि राज्य स्थानीय जनप्रतिनिधि विहिन रहे तापनि कपिलवस्तु क्षेत्र ३ मा न्यून बजेटमा पनि आफ्नाे पहुँच र सहकार्यले बिकासका विभिन्न याेजनाहरु सम्पन्न गराएकाे सांसद अभिषेक प्रताप शाहले बताए ।

सांसद शाह भन्छन् – माओवादी द्वन्द्वकालपछि ०६४ र ०७० काे संविधान सभा निर्वाचनमा राज्य संविधान बनाउन केन्द्रित रहेकाेले बिकास निर्माणमा पर्याप्त बजेट खर्च गर्न सकिएकाे थिएन । २०७४ सालकाे प्रतिनिधि सभा निर्वाचन भएपछि केपी ओली नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीकाे पुर्ण बहुमतकाे सरकार बन्याे । कम्युनिस्ट सरकारले आफ्नाे कार्यकर्ता पाल्ने र देशलाई ऋणकाे भारि बाेकाउने काम मात्र गर्याे । निरङ्कुश बन्दै गएकाे ओली सरकारले संविधानलाई च्यालेन्ज दिदै दुई दुई पटक संसद विघटन समेत गर्याे । जसकाे प्रत्यक्ष असर देशकाे आर्थिक अवस्थामा पर्याे र बिकास निर्माणका अधिकांश याेजना शिथिल बन्दै गए ।

सर्वाेच्च अदालतले संसद पुनर्गठन गरेपछि कांग्रेस नेतृत्वमा बनेकाे सरकारले डेढ बर्षमा छिमेकी राष्ट्रसंगकाे सम्बन्ध सुधार लगायत विदेशी लगानी पनि भित्र्याउन सफल भयाे । कांग्रेस नेतृत्वकाे सरकारमा कपिलवस्तु क्षेत्र ३ मा लगभग सय कराेडभन्दा बढीका याेजना संचालनमा छन् । निर्वाचित भएपछि आफ्नाे क्षेत्रकाे विद्यालयमा शिक्षा र स्वास्थ क्षेत्रमा सुधार , बाटाे घाटाे र पुलपुलेसाे निर्माण , काेराेनाका बेला आवश्यक राहत लगायत यस क्षेत्रका नागरिककाे जनजिवन उकास्न आवश्यक रहेकाे नेपाल-भारत बन्द सिमा समेत खुलाएकाे सांसद शाहले बताए ।

काेराेनाका बेला केपी ओलीकाे सरकारले विभिन्न बहाना बनाई सिमामा कडाई गराएर नेपाली जनतालाई सास्ती गराएकाे कुरा कसैले विर्से छैन्न । लकडाउनका बेला हाम्रै क्षेत्रका माैसमी नेताहरु घरकाे दुलाेमा बसेका थिए त काेहि काठमाडौंमा आफ्नाे व्यवसाय चम्काउदै थिए तर शाह परिवार जहिलेपनि जनताकाे सुखदुखमा साथ उभिएको सांसद शाहकाे भनाई छ । सांसद शाह दुई पटक संविधानसभा सदस्यमा प्रत्यक्ष निर्वाचित भएका थिए भने हाल नेपाली कांग्रेसबाट क्षेत्र ३ का प्रतिनिधि सभा सदस्य हुन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे