माओवादी केन्द्र राप्तीका अध्यक्ष श्यामेश चौधरीले दिए पदबाट राजिनामा



माओवादी केन्द्र राप्तीका अध्यक्ष श्यामेश चौधरीले दिए पदबाट राजिनामा

भालुवाङ २८ भदाै । नेकपा माओवादी केन्द्र राप्ती गाउँपालिका अध्यक्ष श्यामेश चौधरीले आफ्नो पदबाट राजिनामा दिएका छन् । आज राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरीमा आयोजना गरिएको विस्तारित बैठकमा अध्यक्ष पद बाट राजिनामा दिएको पार्टी सचीव तुला गिरिले जानकारी दिएका छन् ।

चौधरीलाई लुम्बिनी प्रदेश सरकारले स्थायी राजधानीमा जग्गा एकीकरण समिती (ल्याडपुलिङ) को अध्यक्ष पदमा नियुक्त गरेपछि पार्टीको अध्यक्ष पद बाट राजिनामा दिएको सचिब गिरिले जानकारी दिएका छन् । चौधरी लामो समय देखि माओवादी केन्द्रमा विभिन्न पदमा रहि काम गरेका चौधरी देउखुरी क्षेत्रमा अब्बल संगठकको रुपमा चिनिन्छन् ।

२०७४ को स्थानीय तहको निर्वाचनमा झिनो मतले गाउँपालिका अध्यक्ष पदमा पराजित भएका थिए । माओवादी जनयुद्धको उद्धम थलो रोल्पा पुगेर दाङ क्षेत्र नम्बर १ क बाट लुम्बिनी प्रदेश सभासदको लागि आफ्नो उम्मेदवारी घोषणा गरेका थिए । तर पार्टी तथा लुम्बिनी प्रदेश सरकारले उनलाई जग्गा एकीकरण समितिको अध्यक्ष पदमा नियुक्त गरे संगै उनले पद बाट राजिनामा दिएका हुन् । माओवादी केन्द्रले राप्ती गाउँपालिकामा पार्टी संचालन गर्न वरिष्ठ उपाध्यक्ष नारायण शर्मालाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिएको पार्टी सचिब गिरीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे