जबरासँगकाे बयान सकियाे, जबराले आराेप लगाएका व्यक्तिसँग पनि बयान लिइने



जबरासँगकाे बयान सकियाे, जबराले आराेप लगाएका व्यक्तिसँग पनि बयान लिइने

काठमाण्डाै २८ भदाै । महाअभियाेग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चाेलेन्द्रशम्शेर जबरासँगकाे बयान भर्खरै सकेकाे छ । जबरालाई साेध्न तयार पारिएकाे ४३ वटै प्रश्न साेधिएकाे समितिले जनाएकाे छ ।

यसैबीच समितिले बयानका क्रममा निलम्बित प्रधानन्यायाधीश जबराले आरोप लगाएका व्यक्तिलाई पनि बोलाउने तयारी गरेको छ । बयानका क्रममा जबराले नाम लिएका विभिन्न दलका नेता, न्यायाधीश, पूर्वप्रधानन्यायाधीश, वरिष्ठ अधिवक्ता, बार एसोसिएशन, सर्वोच्च बार एसोसिएशन लगायतका पदाधिकारीलाई पनि बयानमा बोलाउनेबारेमा समितिले छलफल गरेको छ । समितिका सदस्य प्रमोद साहले जबराले बयानका क्रममा विभिन्न व्यक्तिलाई गम्भीर आरोप लगाएकाले पनि उनीहरूलाई पनि बोलाउने तयारी भएको बताए ।

जबराले सर्वोच्च अदालतलाई दलहरूले सेटिङका आधारमा चलाउने गरेको, न्यायाधीशहरूले स्वार्थका आधारमा फैसला गर्ने गरेको, आफूले भनेअनुसारका फैसला नआएमा सिधा तथा घुमाउरो बाटोबाट न्यायाधीशहरूलाई सिध्याउने गरेको लगायतका आरोप लगाएका छन् । यस्तै उनले पूर्वप्रधानन्यायाधीश र वरिष्ठ अधिवक्ताहरूले पनि सर्वोच्च अदालतका नियुक्तिमा भाग खोज्ने गरेको आरोप लगाएका थिए । उनले लगाएका आरोप गम्भीर प्रकृतिका भएको भन्दै समितिले आरोपित व्यक्तिलाई पनि बोलाउने तयारी गरेको हो ।  यसैबीच बैठकले समितिको प्रवक्ताको जिम्मेवारी लक्ष्मीप्रसाद गौतमलाई दिने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे