गढवामा नयाँ प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरीलाई स्वागत



गढवामा नयाँ प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरीलाई स्वागत

गढवा २७ भदाै । दाङको गढवा गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतको रूपमा सरूवा भएर आएका आशिष चौधरीलाई सोमबार एक कार्यक्रमका बीच स्वागत गरिएको छ ।

गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षता तथा उपाध्यक्ष शारदा कुमारी चौधरी सहितका जनप्रतिनिधि र कर्मचारीले प्रमुख प्रशासकीय अधिकृत चाैधरीलाई टीका र फुलमालाले स्वागत गरेका थिए ।

स्वागत कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष शर्माले पछिल्लो समय समस्यामुलक बितेको भन्दै अबको दिन सफल हुने बताए । प्रमुख प्रशासकीय अधिकृत आएपछि सम्पूर्ण शाखा एकरुपता ल्याई काम गर्न सहज हुने बताए ।
गढवा गाउँपालिकाको आर्थिक, समाजिक एवं समग्र विकासका लागि प्रमुख प्रशासकीय अधिकृत र विभिन्न शाखाका प्रमुख, कर्मचारीहरु संग हातेमालो गर्दै अगाडि बढ्ने बताए । गढवाको समग्र विकाश शुसासन कायम गर्न आवश्यक रहेकोले अधिकृत संग त्यसको अपेक्षा गरेको बताए ।

त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरीले आफुले जिम्मेवारी सम्हाले देखि नै गढवा गाउँपालिकाको शान्ति, समृद्धि, सुशासन र विकास लाई आत्मासाथ गर्दै अघि बढ्ने बताए । जनप्रतिनिधिहरुले देखेको सपना पुरा गर्नका लागि बनाएको निति तथा कार्यक्रम, बजेट, नियमावली/कार्यविधि सही दिशामा हिडाउने निति तथा कार्यक्रमहरु कार्यान्वयन गर्ने जिम्मेवारी आफु लगायत हामी सबैको भन्दै त्यसलाई कार्यान्वयन गर्न आफु अघि बढ्ने बताए ।

सामान्य कार्यालय सहयोगी देखि लिएर शाखा प्रमुखहरुको साथ, सहयोग र समन्वय आवश्यक रहेको भन्दै टिमवर्कमा रहेर समृद्ध गढवा बनाएर जिल्लामै नमुना गाउँपालिका चिनाउन आफु कुनै कसर बाँकी नराख्ने बताए ।
आफ्नो पहिलो प्राथमिकता शान्ति, समृद्धि, सुशासन, विकास र भ्रष्टाचार मुक्त गाउँपालिका बनाउने रहेको भन्दै सबै शाखा, कर्मचारीको साथ र सहयोग आवश्यक पर्ने बताए ।

कार्यक्रममा गढवा गाउँपालिकाकी उपाध्यक्ष शारदा कुमारी चौधरी, गढवा गाउँपालिकाकाका योजना शाखा प्रमुख कुलराज कुमाल, नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश सदस्य बिरेन्द्र चौधरी लगायतकाले बोल्नु भएको थियो ।
कार्यक्रममा गढवा गाउँपालिकाका सबै शाखाका प्रमुख, उपप्रमुख कर्मचारीहरुको उपस्थिति रहेको थियो।
योजना शाखा प्रमुख कुलराज कुमाल स्वागत मनतब्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन प्रशासन प्रमुख पुनाराम शर्माले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे