राप्तीमा वनस्पति उद्यान पार्कको सम्भाव्यता अध्ययन सुरु, प्रदेश सरकारबाट २५ लाख विनियोजन



राप्तीमा वनस्पति उद्यान पार्कको सम्भाव्यता अध्ययन सुरु, प्रदेश सरकारबाट २५ लाख विनियोजन

भालुवाङ २७ भदाै । दाङको राप्ती गाउँपालिका वडा नम्बर ४ मा रहेको भिमबगैचा क्षेत्रमा वनस्पति उद्यान पार्क ( बोटानिकल गार्डेन) को निमार्ण तथा व्यवस्थापनको अध्ययन सुरु भएको छ ।

शान्ति सामुदायिक वन क्षेत्रमा उक्त पार्क बनाउने गरि अध्ययन सुरु भएको हो । आर्थिक वर्ष २०७९/८० को स्वीकृत वार्षिक कार्यक्रम अन्तरगत काम गर्ने गरि अध्ययन सुरु भएको डिभिजन वन कार्यालय लमहीका वन अधिकृत राजु क्षेत्रीले जानकारी दिएका छन् ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्रदेश राजधानी क्षेत्रमा उक्त पार्क बनाउन चाहेका छन् । बोटानिकल गार्डेन बनाउन लुम्बिनी प्रदेश सरकारले यो आर्थिक वर्षमा पच्चीस लाख बिनियोजन गरेको छ ।
सोमबार वन तथा वातावरण मन्त्रालयका अधिकृत ( आठौं ) वेदप्रसाद भण्डारी, बनस्पति अनुसन्धान अधिकृत शान्ति शर्मा, डिभिजन वन कार्यालय लमहीका वन अधिकृत राजु क्षेत्री, वडा नम्बर ४ का वडा अध्यक्ष वीरबहादुर चौधरी, वडा सदस्य बिष्णु पोख्रेल, रोशन चौधरी लगायतले स्थलगत अबलोकन गरेका थिए ।

करिब ५ हेक्टर भन्दा बढी क्षेत्रफलमा उक्त पार्क निर्माण गरिने छ । वनस्पति अध्ययन, पर्यटकीय क्षेत्रको रुपमा बिकास गरिने वन अधिकृत क्षेत्रीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे