डेंगु संक्रमणबाट दाङमा एक महिलाको मृत्यु



डेंगु संक्रमणबाट दाङमा एक महिलाको मृत्यु
दाङ २७ भदौ । दाङमा डेंगु संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–१४ राप्ती टोल निवासी ४० वर्षीया मायाकुमारी बिसीको मृत्यु भएको हो ।
उनको सोमबार विहान राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाकार क्रममा मृत्यु भएको प्रतिष्ठानकी निर्देशक डा. प्रज्ञा बस्नेतले जानकारी दिए। बिसी सोमबार विहान नै प्रतिष्ठानमा उपचारका लागि भर्ना भएकी थिइन् । दाङमा पछिल्लो समय डेंगुका विरामी बढ्दै गएका छन् । डेगुका विरामी घोराही र तुलसीपुरका अस्पतालमा धेरै देखिएको स्वास्थ्य कार्यालय दाङले जनाएको छ । कार्यालयका अनुसार सोमबारसम्म जिल्लामा ४०० बढीमा डेंगु संक्रमण पुष्टि भएको छ ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे