हिन्दु जागरण नेपाल विद्यार्थी संघकाे ऐरावती आदर्श बहुमुखी क्याम्पस लालमटियामा संगठन बिस्तार



हिन्दु जागरण नेपाल विद्यार्थी संघकाे ऐरावती आदर्श बहुमुखी क्याम्पस लालमटियामा संगठन बिस्तार

लालमटिया २७ भदाै । हिन्दु जागरण नेपाल विद्यार्थी संघले सोमबार दाङ-देउखुरीको राप्ती गाउँपालिका २ लालमटिया स्थित ऐरावती आदर्श बहुमुखी क्याम्पसमा हिन्दू जागरण विद्यार्थी संघको संगठन बिस्तार गरेको छ ।  सम्पूर्ण धर्म, संस्कार ,संस्कृति तथा राष्ट्रप्रेमी विद्यार्थीहरु एकजुट होऔं भन्ने अभियानका साथ हिन्दुत्व संरक्षण तथा धर्म परिवर्तन विरुद्धको महाअभियानमा अन्तर्गत ऐरावती आदर्श बहुमुखी क्याम्पस लालमटियामा हिन्दू जागरण विद्यार्थी संघको संगठन बिस्तार गरिएकाे हाे ।

क्याम्पसमा भएकाे कार्यक्रममा संगिता भण्डारीको अध्यक्षतामा १७ सदस्यीय इकाई कमिटि गठन गरेको हो । जसको उपाध्यक्षमा प्रकाश पुन, सचिवमा लक्ष्मी बिक, सह—सचिवमा विबेक घर्तिमगर र कोषाध्यक्षमा सुनिल बाकवल रहेका छन् । त्यसैगरी सदस्यमा प्रकाश जेठारा, सोनिया रोकामगर, बबिता एमसी, जानकी रेस्मी मगर, मनिषा गाहामगर, संगिता रावत, देबका न्यौपाने, दिपा पाण्डे, अरुण पौडेल, भुवन भट्टराई, शिवमणी कुमाल, सरस्वती झाक्रीमगर रहेका छन् ।

कार्यक्रममा ८७ जना बिद्यार्थीको उपस्थीती रहेको थियो । साे अवसरमा संघका केन्दिय सदस्य तथा संगठन विभाग प्रमुख देबेन्द्र रोकाले आफ्नो मन्तव्य ब्यक्त गरेका थिए भने संगठन बिस्तारको सहजीकरण संघका केन्द्रीय अध्यक्ष नबिन गिरी र कार्यक्रमको संचालन केन्द्रीय सचिव बिनोद बेल्बासेले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे