चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सु नेतृत्वको टोली नेपाल आइपुग्याे



चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सु नेतृत्वको टोली नेपाल आइपुग्याे

काठमाण्डाै २७ भदाै । चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सु नेतृत्वको टोली नेपाल आइपुगेको छ । ली चान्सुसहितको टोलीलाई सभामुख अग्निप्रसाद सापकोटाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै पुगेर स्वागत गरेका छन् ।

सभामुख सापकोटा र चान्सुबीच आजै बेलुका सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा भेटवार्ता हुुँदैछ । भोलि मङ्गलवार अध्यक्ष चान्सुले प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग भेटवार्ता गर्ने भएका छन् ।

यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि चान्सुसँग संसद् भवनमै भेटवार्ता गर्ने तालिका रहेको छ ।

जनकंग्रेसका अध्यक्ष चान्सुले पर्सि बुधवार राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । चुनावको मिति नजिकिँदै गर्दा चीनबाट कम्युनिस्ट पार्टीका दोस्रो वरीयताका नेता नेपाल आएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे