कीर्तिपुरमा मिटरब्याज पीडितमाथि लाठी चार्ज



कीर्तिपुरमा मिटरब्याज पीडितमाथि लाठी चार्ज

काठमाण्डाै २७ भदाै । न्याय खोज्दै काठमाण्डौ आएका मिटरब्याज पीडितलाई प्रहरीले पक्राउ गरेको छ । कीर्तिपुरमा शान्तिपूर्णरूपमा प्रदर्शन गर्ने क्रममा प्रहरीले हस्तक्षेप गरी पक्राउ गरेको मिटरब्याज पीडित जीतबहादुर थापाले जानकारी दिए ।

आफ्ना माग समेटिएका नारासहितका प्ले कार्ड बोकेर प्रदर्शनमा रहेका उनीहरूलाई प्रहरीले लाठी प्रहार गरेर कीर्तिपुर गेट नजिकैबाट पक्राउ गरेको हो । प्रहरीको कुटाइबाट केही प्रदर्शनकारी घाइते भएका छन् । ३५ जना पक्राउ परेका प्रदर्शनमा सहभागी जीतबहादुर थापाले जानकारी दिए । तराईको विभिन्न जिल्लाबाट आएका उनीहरूले ४१ दिनदेखि माइतीघर मण्डलमा भेला भएर धर्ना दिइरहेका छन् । कीर्तिपुरमा बस्ने उनीहरू माइतीघर मण्डलामा जाँदै गर्दा प्रहरीले हस्तक्षेप गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे