दाङकाे तुलसीपुरमा विषालु च्याउ खाँदा एकै घरका पाँच जना बिरामी



दाङकाे तुलसीपुरमा विषालु च्याउ खाँदा एकै घरका पाँच जना बिरामी

तुलसीपुर २७ भदाै ।  दाङकाे तुलसीपुरमा विषालु च्याउ खाँदा एकै घरका पाँच जना बिरामी भएका छन् । गएराति घर नजिकै परालमा उम्रिएको च्याउ पकाएर खाँदा उनीहरु बिरामी भएका इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएकाे छ ।

बिरामी हुनेमा तुलसीपुर–१६ ललौराका ३४ वर्षका विनोद चौधरी, ३४ वर्षकी वसन्ता चौधरी, १६ वर्षकी कोपिला चौधरी, १२ वर्षकी प्रभा चौधरी र ५५ वर्षका माघे चौधरी रहेका प्रहरीले जनाएको छ । च्याउ खाएलगत्तै लगातार बान्ता हुन थालेपछि उनीहरुलाई अस्पताल लगिएको थियो । उनीहरुलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बाँकेको नेपालगञ्ज रेफर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे