सिसहनियाँका उद्योगी, व्यापारीहरूलाई जथाभावी फोहोर नफाल्न आशाका किरण संस्थाको आग्रह



सिसहनियाँका उद्योगी, व्यापारीहरूलाई जथाभावी फोहोर नफाल्न आशाका किरण संस्थाको आग्रह

भालुवाङ २६ भदौ । दाङको राप्ती गाउँपालिकामा आशाका किरण संस्थाले सुरू गरेको राप्ती सरसफाई सचेतना कार्यक्रम छैंठाै दिन पनि जारी रहेको छ ।

गत भदौ २१ गते भालुवाङबाट सुरू गरेको सरसफाई सचेतना कार्यक्रम आइतबार सिसहनियाँमा सम्पन्न भएको छ । संस्थाले सिसहनियाँ बजारका उद्योगी, व्यापारी तथा सर्वसाधारणलाई जथाभावी फोहोर नफाली डस्वीनमा मात्र फोहोर फाल्न आग्रह गरेको छ । भने सार्वजनिक यातायातका साधानमा डस्वीन राख्न सुझाव दिइएको छ । भने यात्रुहरूलाई जथाभावी फोहोर गाडी बाहिर नफालि गाडीमा रहेको डस्वीनमा मात्र फोहोर फाल्न सुझाव दिएका थिए ।

लुम्बिनी प्रदेशको स्थायी राजधानीको प्रमुख बजार भालुवाङ सहितका अन्य बजार क्षेत्रमा फोहोर अत्यधिक बढेको भन्दै सो संस्थाले राप्ती गाउँपालिका सँग समन्वय गरि १ हप्ता सम्म यातायात व्यवसायी, सवारी साधान तथा व्यापारीहरुलाई जथाभावी फोहोर नफाल्न आग्रह माइकिङ समेत गर्दै आएको छ ।

सके सफा गरौ, नसके फोहोर नगरौं, गाडीमा यात्रा गर्दा बाहिर फोहोर नफालौं, डस्वीनमा मात्र फोहोर फालौं, सभ्य नागरिकको परिचय दिउ भन्ने मुल नाराका साथ कार्यक्रम भइरहेको छ ।सो क्रममा संस्थाले एक आैपचारिक कार्यक्रम समेत गरेको थियोे ।

संस्थाका अध्यक्ष अशोक बेल्वासेको अध्यक्षता एवम् राप्ती गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष देवप्रसाद चाैधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि चाैधरीले फोहोर शब्द आफैमा नराम्रो शब्द भएकोले फोहोरलाई व्यवस्थापन गरि आर्थिक आय आर्जन गर्न सकिने बताएका थिए । अहिले राप्तीको फोहोर व्यवस्थापनका लागि गाउँपालिकाको टिमले काम गरिरहेको बताए । फोहोरलाई मोहरमा बदल्ने काम गाउँपालिकाले सुरू गरिसकेको समेत बताए ।

कार्यक्रम सिसहनियाँ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष ईश्वरीप्रसाद अधिकारी, इलाका प्रहरी कार्यालय सिसहनियाँका प्रमुख जीवन केसी, थानेश्वर यातायात प्रालिका अध्यक्ष घनश्याम परियार लगायतका वक्ताहरूले आ- आफ्नो क्षेत्रबाट सिसहनियाँ बजारको फोहोर व्यवस्थापनमा सहयोग गर्ने बताएका थिए ।

कार्यक्रममा राप्ती गाउँपालिका चेम्बर अफ कमर्सका अध्यक्ष कुमार अधिकारी, रेडियो राप्ती तथा राप्ती टेलिभिजनका सहायक स्टेसन म्यानेजर/ समाचार प्रमुख एवम् देउखुरी टुडे डटकमका अध्यक्ष/ प्रधानसम्पादक सन्तोष कुमार गुप्ता, हिको संस्थाका प्रतिनिधि सन्तोष सारू मगर, आशाका किरण संस्थाका महासचिव लोकमणी भुसाल, सचिव  बिमल राना मगर, सदस्यहरू पबित्रा बिक, अशोक गिरी, सुस्मिता थापा तथा स्थानीय व्यापारी, प्रहरी, संघ संस्थाका प्रमुख, अटो व्यवसायी लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे