दाङ-२ बाट कृष्णबहादुर महरा उम्‍मेदवार सिफारिस



दाङ-२ बाट कृष्णबहादुर महरा उम्‍मेदवार सिफारिस

भदौ २६ दाङ । दाङ क्षेत्र नं. २ बाट पूर्वसभामुख कृष्णबहादुर महराको नाम सर्वसम्‍मत उम्‍मेदवार सिफारिस गरिएको छ ।

नेकपा माओवादी केन्द्र क्षेत्र नं. २ समन्वय समितिको आइतबार बसेको बैठकले महरालाई प्रतिनिधिसभा सदस्यका लागि क्षेत्र नं २ बाट सर्वसम्‍मत सिफारिस गरिएको केन्द्रीय सदस्य हेमराज शर्मा डायमण्डले जानकारी दिए ।

माओवादी केन्द्रका उपाध्यक्ष समेत रहेका महरा ०७४ को निर्वाचनमा पनि यही क्षेत्रबाट प्रतिनिधिसभाको उम्मेदवार बनेर विजयी भएका थिए ।

सोही क्षेत्र नं. २ बाट एमालेका महासचिव शंकर पोखरेलको नाम पनि एकल सिफारिस भएको छ ।

योसँगै निर्वाचनमा पोखरेल र महराबीच कडा प्रतिष्र्धा हुने आकलन गरिएको छ । ०७४ को चुनावमा भने दुवै जना साझा बाम गठबन्धनका उम्मेदवार बनेर चुनाव लडेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे