भिजिट भिसामा विदेश जानेले टिकट काट्नुअघि अध्यागमनसँग पूर्व स्वीकृति लिनु पर्ने



भिजिट भिसामा विदेश जानेले टिकट काट्नुअघि अध्यागमनसँग पूर्व स्वीकृति लिनु पर्ने

काठमाण्डौ २४ भदाै । भिजिट भिसामा विदेश घुम्न जानेहरूले अब टिकट काट्नुअघि नै अध्यागमन विभागबाट अनुमति लिन पर्ने भएको छ । गृह मन्त्रालयले गएको साउन ३० गते मन्त्री स्तरबाट स्वीकृति गरेको पर्यटक भिसामा विदेश प्रस्थान अनुमति व्यवस्थापन सम्बन्धी कार्यविधि २०७९ ले यस्तो व्यवस्था गरेको हो ।

यो कार्यविधिले गरेका व्यवस्थाहरू गृह मन्त्रालयबाट कार्यविधि स्वीकृति भएको ६० दिन अर्थात् आउँदो कात्तिक महिनादेखि लागू हुनेछ । पहिलो चरणमा खाडीका देशहरू, मलेसिया, अफ्रिकी देशहरू तथा दक्षिण अमेरिकी देशमा पर्यटक भिसामा जाने नेपालीका लागि यसले गरेको व्यवस्था लागू हुनेछ ।

यो कार्यविधिले सरकारी कर्मचारी, जनप्रतिनिधिदेखि विभिन्न क्षेत्र तथा पेसा व्यवसायमा आबद्धहरू र अन्य व्यक्तिहरूका लागि विभिन्न व्यवस्था गरेको छ । कार्यविधिले तोकेका देशमा पर्यटक भिसामा जानेहरूले जहाजको टिकट काट्नुअघि अध्यागमन विभागबाट स्वीकृति लिनु पर्नेछ ।

कार्यविधि अनुसार, भिजिट भिसामा विदेश घुम्न जान चाहने नेपाली नागरिकले त्यसको स्वीकृतिका लागि विभागको अनलाइन प्रणालीमार्फत कम्तीमा सात दिनअघि नै निवेदन दिन पर्छ । अहिले अनलाइन प्रणाली बनिरहेको गृह मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे