सन्दीप लामिछाने राष्ट्रिय क्रिकेट टिमबाट निलम्बन



सन्दीप लामिछाने राष्ट्रिय क्रिकेट टिमबाट निलम्बन

काठमाण्डाै २३ भदाै । राष्ट्रिय क्रिकेट टाेलीका कप्तान सन्दीप लामिछाने टिमबाट निलम्बनमा परेका छन् ।

१७ वर्षकी किशाेरीलाई बलात्कार गरेको आरोपमा जाहेरी दर्ता भएपछि क्यानको कार्यसम्पादन समितिले लामिछानेलाई कप्तानसहित राष्ट्रिय टाेलीबाट निलम्बन गरेकाे जनाएको छ ।

गएकाे मङ्गलवार प्रहरी वृत्त गौशालामा जाहेरी परेसँगै प्रहरीले लामिछानेविरुद्धका प्रमाण सङ्कलन सुरु गरेको छ । उनी बसेको भनिएका नगरकोट र काठमाण्डौका होटलको सीसीटीभी फुटेज सङ्कलन गरिएको प्रहरीले जनाएको छ ।

यसैबीच लामिछानेलाई पक्राउ  गर्न आज बिहीवार जिल्ला अदालत काठमाण्डाैले अनुमति दिएको छ । अदालतले अनुमति दिएकाले अनुसन्धानका लागि अब प्रहरीले लामिछानेलाई कुनै पनि बेला पक्राउ गर्न सक्ने प्रहरीले जनाएकाे छ । लामिछाने अहिले देशबाहिर छन् । लामिछानेले भने आफ्नो संलग्नता अस्वीकार गरेका छन् र कानुनी सहायताका लागि अनुराेध गरेका नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे