दाङको तुलसीपुरमा अपहरण गरेको आरोपमा २ जना पक्राउ



दाङको तुलसीपुरमा अपहरण गरेको आरोपमा २ जना पक्राउ

दाङ २३ भदौ । दाङको तुलसीपुरमा अपहराण आरोपमा २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–५ निबासी २९ बर्षको जनक सुनार, ३४ बर्षका सन्तोष वली रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी पुष्पराज मल्लले जानकारी दिएका छन् । घटनामा संलग्न रहेको आरोपमा तुलसीपुरकै बम घर्ती र घनश्याम पुन फरार रहेको डिएसपी मल्लले जानकारी दिए ।

आरोपीले गएको साउन २६ गते तुलसीपुर उपमहानगरपालिका–६ कपडादेवी निबासी अर्जुन पोखे्रललाई घरबाट अपहरण गरेर भोलीपल्ट बिहान ३ बजे छोडेको आरोप लागेको छ । पिडितले भदौ १ गते ईलाका प्रहरी कार्यालय तुलसीपुरमा जाहेरी दिएपछि प्रहरीले उनिहरुलाई पक्राउ गरेको हो । साढे तीन लाख रुपैयाँ लेनदेनको विषयलाई  लिएर अपहरण गरेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे