दाङमा यस बर्षकाे तिहारमा देउसीभैलाे खेल्न प्रतिबन्ध
दाङ २५ कात्तिक । कोरोना भाइरसको सङ्क्रमण फैलिने डरले यस वर्षको तिहारमा देउसीभैलो खेल्न प्रतिबन्ध लगाएकाे छ । जिल्ला प्रशासन कार्यालय दाङले एक विज्ञप्ती जारी गर्दै काेभिड १९ काे संक्रमण बढ्न सक्ने भन्दै यो वर्षको तिहारमा देउसीभैलोमा राेेक लगाइएको हाे ।
जिल्लाको धार्मिक, सांस्कृतिक तथा समूहमा भेला भएर गरिने कार्यक्रमले रोगको जोखिम बढाउने भन्दै निषेधाज्ञा जारी गरिएकाले यो वर्षको तिहारमा कुनै पनि राजनितीक दल , समूह, युवा क्लब, लगायतका बाट देउसीभैलो खेल्न नपाइने जिल्ला प्रशासन कार्यालय दाङले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
निषेधाज्ञाको समयमा अहिलेको जस्तै दैनिकी सामान्यरूपमा चलाउन बजार क्षेत्र खुला राख्ने, गाडी सञ्चालन कायमै रहने भए पनि त्यसका लागि स्वास्थ्य सुरक्षाका मापदण्ड कडाइका साथ पालना गर्नुपर्ने भनिएको छ । निसेधाज्ञाकाेे पालना नगरिएकाे पाइएका १०० नम्बरमा फाेन गरेर जानकारी दिन समेत सर्बसाधरणमा आग्रह गरिएको छ ।