राजपुरमा भर्‍याङबाट लडेर एक युवकको मृत्यु



राजपुरमा भर्‍याङबाट लडेर एक युवकको मृत्यु

गढवा २१ भदौ । राजपुर गाउँपालिकामा भर्‍याङबाट लडेर एक जनाको मृत्यु भएको छ। राजपुर गाउँपालिकामा वडा नम्बर ३ भैसहवाका आन्दाजी २४ वर्षीय अमिताभ यादवको भर्‍याङबाट लडेर मृत्यु भएको हो।

यादव रातीको समयमा आफ्नै घरको छतमा सुत्न गएको र तल झर्ने क्रममा भर्‍याङबाट लडेर घाइते भएका थिए। घाइते यादवको र कानबाट रगत बगेकोले उपचारका लागि भैरहवा लगेको पारिवारिक स्रोतले जनाएको छ। घाईते यादवलाई आज अस्पतालले मृत घोषित गरेको हो।

मृतक यादवको यही हप्ता छोरो जन्मिएको थियो। चार जना दिदि बहिनी र तिन भाई छोरा मध्ये मृतक यादव माईला छोरा हुन् । यादव एकदमै मिलनसार र सहयोगी थिए, अचानक मृत्युको खबरले परिवर, गाउँ समाज सोक डुबेको स्थानीय हेमराज यादवले बताए ।‍

यादव रातीको समयमा आफ्नै घरको छतमा सुत्न गएको र तल झर्ने क्रममा भर्‍याङबाट लडेर घाइते भएका थिए। घाइते यादवको र कानबाट रगत बगेकोले उपचारका लागि भैरहवा लगेको पारिवारिक स्रोतले जनाएको छ। घाईते यादवलाई आज अस्पतालले मृत घोषित गरेको हो।

मृतक यादवको यही हप्ता छोरो जन्मिएको थियो। चार जना दिदि बहिनी र तिन भाई छोरा मध्ये मृतक यादव माईला छोरा हुन् । यादव एकदमै मिलनसार र सहयोगी थिए, अचानक मृत्युको खबरले परिवर, गाउँ समाज सोक डुबेको स्थानीय हेमराज यादवले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे