पछिल्लो २४ घण्टामा नेपालमा थप तीन सय जनामा कोरोनाको सङ्क्रमण पुष्टि



पछिल्लो २४ घण्टामा नेपालमा थप तीन सय जनामा कोरोनाको सङ्क्रमण पुष्टि

काठमाण्डाै २१ भदाै । पछिल्लो २४ घण्टामा नेपालमा थप तीन सय जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी चार हजार पाँच सय ९० जनाको नमुना परीक्षण गर्दा तीन सय जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यही अवधिमा एक सय २४ जना कोरोना सङ्क्रमित निको भएका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण कसैको पनि ज्यान गएकाे छैन । अहिले नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार चार सय ५७ जना रहेको छ । यस्तै थप तीन लाख ५९ हजार ६५ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएको विवरण प्राप्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे