नागरिकता विधेयक फेरि राष्ट्रपतिसमक्ष पठाइयाे



नागरिकता विधेयक फेरि राष्ट्रपतिसमक्ष पठाइयाे

काठमाण्डाै २० भदाै । सभामुख अग्निप्रसाद सापकाेटाले नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पठाएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट पुनर्विचारका लागि १५ बुँदे सुझावसहित संसद्‍मा फिर्ता भएको नागरिकता विधेयक सभामुख सापकाेटाले प्रमाणित गरेर प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाएका हुन् ।

राष्ट्रपतिले फिर्ता गरेको विधेयक प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवैबाट जस्ताकाे तस्तै पारित भएपछि सभामुख सापकोटाले प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पठाएका हुन् । यसअघि राष्ट्रपति भण्डारीले गएकाे साउन २९ गते नागरिकता विधेयक फिर्ता गर्नुभएकाे थियाे । तर त्यसको दुई दिनपछि सत्तारूढ गठबन्धनले नागरिकता विधेयक जस्ताकाे तस्तै पास गर्ने निर्णय गरेकाे थियाे ।

त्यसपछि भदाै २ गते औपचारिकता पुर्‍याउन छलफल गरेर प्रतिनिधि सभाले विधेयक पास गरेकाे थियाे । त्यसपछि राष्ट्रिय सभामा पुगेकाे विधेयक सभाले विधायन समितिमा पठाएकाे थियाे । त्यहाँ पनि विधेयक संशाेधन भएन । अब सङ्घीय संसद्‍बाट दोस्रो पटक पारित भएर आएको विधेयक राष्ट्रपतिले १५ दिनभित्र प्रमाणीकरण गर्नैपर्ने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे