गढवा गाउँपालिकाले ग¥यो प्रमुख प्रशासकीय अधिकृत योगीकाे बिदाई



गढवा गाउँपालिकाले ग¥यो प्रमुख प्रशासकीय अधिकृत योगीकाे बिदाई

गढवा २० भाद्र । गढवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लालबहादुर योगीअधिकृत योगीलाई सोमबार गाउँपालिकाले एक कार्यक्रमका बीच सम्मान सहित बिदाइ गरेकाे छ । कार्यक्रममा गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले योगी कुशल प्रशासक रहेको चर्चा गर्दै उनले गढवाको समृद्धिका लागी उत्कृष्ट मार्ग तयार गरेको बताएका बताए ।

त्यसैगरी गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले लामो समय सहकार्य गर्न नपाएको भएतापनि छोटो समयको सहकार्यले धेरै कुरा सिकाएको भन्दै प्रशंसा गर्दै जहाँ गएपनि सफल कार्यकालको शुभकामना दिएकी थिइन् । बिदाइ भएर जाँदै गर्दा प्रमुख प्रशासकीय अधिकृत योगीले आफुले गढवाबाट धेरै अनुभव संगालेको बताए । कर्मचारी तथा जनप्रतिनिधीसंग कस्तो खालको समन्वय गर्नुपर्छ भन्ने धेरै विषयको अनुभव गढवा गाउँपालिकाबाट प्राप्त गरेको उनको भनाइ थियो ।

प्रशासन प्रमुख पुनाराम शर्माले सहजीकरण गरेको कार्यक्रममा गाउँपालिकाका रोजगार शाखा प्रमुख अशोक कुमार यादव, शिक्षा शाखा प्रमुख श्याम बहादुर बिक, योजना शाखा प्रमुख कुलराज कुमाल लगाएतकाले विदाइ मन्तव्य राख्दै योगीमा सबै कर्मचारीलाई समान नजरले हेर्ने प्रशासक भएको भन्दै उनको प्रसंशा गरेका थिए । प्रमुख प्रशासकीय अधिकृत योगी काभ्रेपलान्चोक सरुवा भएकाे छ । ढाइ वर्ष भन्दा बढी गढवा गाउँपालिकामा रही प्रमुख प्रशासकीय अधिकृतको रुपमा काम गरेकाे गढवा गाउँपालिकाले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे