थुनामा रहेका गुरुङले पर्यटनमन्त्रीसँग गल्ती महसुस गरे, रिहा गर्न गृह मन्त्रालयलाई आग्रह



थुनामा रहेका गुरुङले पर्यटनमन्त्रीसँग गल्ती महसुस गरे, रिहा गर्न गृह मन्त्रालयलाई आग्रह

काठमाण्डाै २० भदाै । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई दुर्व्यवहार गरेकाे कसुरमा थुनामा रहेका सुरक्षा गार्ड शेरजंग गुरुङले मन्त्रीसँग गल्ती महसुस गरेका छन् । पर्यटनमन्त्रीको सचिवालयले आज साेमवार विज्ञप्ति निकालेर गुरुङले मन्त्रीसँग आफूले गल्ती गरेको महसुस गरेको जनाएको छ ।

गुरुङले गल्ती महसुस गरेकाले पर्यटनमन्त्री श्रेष्ठले उनलाई रिहाइका लागि गृह मन्त्रालयसँग आग्रह गरेको पनि सचिवालयले जनाएको छ । पर्यटनमन्त्रीको आग्रहपछि गृहमन्त्री खाणले प्रक्रिया पुर्‍याएर गुरुङलाई रिहा गर्न काठमाण्डौका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई निर्देशन दिएका छन् ।

मन्त्री श्रेष्ठलाई दुर्व्यवहार गरेको भन्दै ठमेलको छाया सेन्टरमा रहेको  भिसा सेन्टरका सुरक्षा गार्डलाई शुक्रवार प्रहरीले पक्राउ गरेको थियो । गुरुङले भने मन्त्रीलाई लाइनमा बस्न अनुरोध गर्दा उल्टै आफूमाथि दुर्व्यवहार भएको गुनासो थियो । विवादका क्रममा आफ्ना अङ्गरक्षकलाई धकेलेको र आफूलाई पनि लाइनमा हुँदा हुँदै दुर्व्यवहार गरेको मन्त्री श्रेष्ठले आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे