भारतीय सेनाध्यक्षलाई मानार्थ महारथीकाे दर्ज्यानी चिह्न प्रदान



भारतीय सेनाध्यक्षलाई मानार्थ महारथीकाे दर्ज्यानी चिह्न प्रदान

काठमाण्डाै २० भदाै । भारतीय सेनाध्यक्ष मनोज पाण्डेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरेकी छिन् ।

राष्ट्रपति निवास शीतल निवासमा आज साेमवार भएको एक विशेष समारोहमा भण्डारीले भारतीय सेनाध्यक्ष पाण्डेलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरेकी हुन् । राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुन् ।

सेनाध्यक्ष पाण्डे नेपाल भ्रमणका लागि हिजो आइतवार आएका हुन् । नेपाल र भारतका प्रधानसेनापतिलाई एक अर्काको देशमा मानार्थ प्रधानसेनापतिको दर्ज्यानी चिह्न र सम्मान दिने चलन रहेको छ । नेपालका प्रधानसेनापति प्रभुराम शर्माले यसअघि नै भारत पुगेर दर्ज्यानी चिह्न ग्रहण गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे