स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन भान्सा सुधार कार्यक्रम ल्याउँदै छाै : मन्त्री थारू



स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन भान्सा सुधार कार्यक्रम ल्याउँदै छाै : मन्त्री थारू

भालुवाङ २० भदाै । लुम्बिनी प्रदेश स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारूले हरेक नागरिकको स्वास्थ्यमा सुधार ल्याउन लुम्बिनी प्रदेश सरकारले भान्सा सुधार कार्यक्रम ल्याउन लागेको बताएका छन् ।

राप्ती गाउँपालिका स्वास्थ्य शाखाले सोमबार राप्ती गाउँपालिकाको सभाहल मसुरीयामा आयोजना गरेको आर्थिक वर्ष २०७८/०७९ को स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा कार्यक्रममा बोल्दै मन्त्री थारुले सो कुरा बताएका हुन् ।

उनले मानवजाती रोगी हुनुको मुख्य कारण खानपिन नै रहेकोले खानपिनमा जब सम्म सुधार आउँदैन तब सम्म मानवजाती स्वस्थ नहुने बताएका छन् ।

मन्त्री थारुले हरेक नागरिकलाई स्वस्थ बनाउन अब स्वमसेविका परिचालन गरि सन्तुलित भोजनमा जोड दिइने बताएका छन् । त्यस्तै कार्यक्रममा लुम्बिनी प्रदेशका पुर्व स्वास्थ्य मन्त्री सुर्दशन बरालले स्वास्थ्य क्षेत्रमा सुधार हुन आवश्यक रहेको बताएका छन् ।

गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा भएको कार्यक्रमले स्वास्थ्य चाैकी तथा स्वास्थ्य इकाई केन्द्रको प्रतिवेदन अनुसार स्वास्थ्य कार्यक्रम सन्तोषजनक रहेको निष्कर्ष निकालिएको छ ।

सो अवसरमा बोल्दै गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले सम्पूर्ण स्वास्थ्यकर्मीहरूलाई विहानमा १ घण्टा जेष्ठ नागरिकको घरघरमा गएर सेवा दिन सुझाव दिएका छन् ।

त्यस्तै उनले स्वास्थ्यकर्मी तथा स्वमसेविकाहरूलाई मानवको स्वास्थ्यमा सुधार ल्याउन खानपिनमा पनि सुधार गर्न परामर्श दिनुपर्ने बताएका छन् । अहिले गाउँपालिकामा जंगफूड निषेध गरिएको छ । त्यसबारे गाउँ गाउँमा नागरिकहरूलाई सचेत बनाउन पनि सुझाव दिएका छन् ।

त्यस्तै कार्यक्रममा उपाध्यक्ष कमलापती चाैधरीले स्वास्थ्य संस्थामा आउने सेवाग्राहीहरूलाई सहज तरिकाले सेवा प्रवाह निर्देशन दिएकी छिन् । कतिपय स्वास्थ्य इकाई केन्द्रका स्वास्थ्यकर्मीहरूले विरामी सँग झर्किने र सेवा दिन पनि अप्ठ्यारो मान्न सुझाव दिएकी छिन् ।

कार्यक्रममा राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेवबहादुर ओली, स्वास्थ्यका लागि सक्षम प्रणाली दाङकी स्वास्थ्यकर्मी अर्चना अधिकारी, रेडक्रस लालमटियाका कोषाध्यक्ष उत्तम अधिकारी लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा स्वास्थ्यको क्षेत्रमा उत्कृष्ट कार्य गरेको भन्दै सिसहनियाँ स्वास्थ्य चाैकी, देवीकोट स्वास्थ्य इकाई केन्द्र र रेडक्रसकर्मी उत्तम अधिकारी सम्मानित भएका छन् ।

गाउँपालिकाका प्रवक्ता पहलवान चाैधरीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सहजीकरण नारायण राउत र सञ्चालन शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विकले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे