देउखुरीकाे राप्तीमा अप्रवासी हकहितका लागि पालिका स्तरिय सञ्जाल गठन



देउखुरीकाे राप्तीमा अप्रवासी हकहितका लागि पालिका स्तरिय सञ्जाल गठन

भालुवाङ २० भदाै । बैदेशिक रोजगारबाट फर्किएकाका आप्रवासी कामदारहरूकाे हकहितको लागि देउखुरीकाे राप्ती गाउँपालिकामा आज साेमबार पालिका स्तरीय सञ्जाल गठन गरिएको छ। राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टको अध्यक्षतामा भएकाे कार्यक्रममा गगन पुरीकाे संयाेजकत्वमा पालिका स्तरिय ११ सदस्यीय बैदेशिक रोजगारबाट फर्किएकाहरुको हकहितका लागि सञ्जाल गठन गरिएको हो।

नवगठित सञ्जालकाे उप-संयाेजकमा रिताकुमारी चाैधरी, सदस्यहरूमा माेहनलाल घर्ती, रामस्वरूप चाैधरी, झबिलाल आचार्य, तुलसा शर्मा, रामलाल चाैधरी, कपिलदेव चाैधरी र पुसराम चाैधरी लगायत रहेका छन् । सञ्जालमा राप्ती गाउँपालिकाको नाैँ वटै वडाबाट प्रतिनिधित्व हुने गरी बैदेशिक रोजगारीबाट फर्किएका युवाहरुको उपस्थिति रहने गरी सञ्जाल गठन गरिएकाे छ ।

सुरक्षित आप्रवास (सामी) परियाेजनाकाे दाङ जिल्ला कार्यक्रम संयोजक बसन्ता पुनले कार्यक्रमको बारेमा जानकारी दिदैं कार्यक्रममा उठेका प्रश्नहरुको जवाफ दिएकी थिइन् । बैदेशिक रोजगारबाट फर्किएकाहरुको हकहितका लागि सञ्जाल गठनकाे आवश्यक रहेको भन्दै बैदेशिक रोजगारबाट फर्केका युवाहरुलाई सक्रिय रुपमा लाग्न अनुरोध समेत गरेकी थिइन् ।

साे अवसरमा राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेवबहादुर वली र घाेराही उप-महानगरपालिकाका प्रशासन शाखाका महाशाखा प्रमुख बासुदेव आचार्य लगायतका वक्ताले आ-आफ्नाे भनाई राखेका थिए । कार्यक्रमकाे सहर्जीकरण राप्ती गाउँपालिकाकी याेजना शाखाकी प्राबिधिक बिमला भट्टराईले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे