बन्दुकबाट क्रान्तिकारी विचारलाई सिध्याउन खोजे कडा प्रतिरोध हुन्छ : शीतल



बन्दुकबाट क्रान्तिकारी विचारलाई सिध्याउन खोजे कडा प्रतिरोध हुन्छ : शीतल

घोराही, २० भदौ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य शितलले राज्यले बन्दुकबाट क्रान्तिकारी बिचारलाइ सिध्याउन खोजे डटेर प्रतिरोध गर्ने बताउनुभएको छ। नेकपा दाङको नवौं जिल्ला सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता शितलले उक्त कुरा वताउनुभएको हो। नेता शितलले भने– ‘वारेन्ट जारी गरेर राज्यले भिडन्त चाहेको पुष्ठि भयो। बन्दुकबाट क्रान्तिकारी बिचारलाइ सिध्याउन खोजे डटेर प्रतिरोध गर्छौं।No description available.

बुद्दिजिवी,बामपंथी,देशभक्त,प्रगतिशील र समग्र जनतालाइ साथमा लिएर प्रतिरोध गर्छौं तर झुक्ने र आत्मसमर्पण कदापी हुँदैन।’ नेता शितलले राज्यले आफ्नो पार्टीसंग गरेको तीन बुदे सहमतिको विरुद्ध पार्टीका महासचिव सहित २८ नेताहरुको विरुद्ध पक्राउ पुर्जी जारी गरेर सहमति भंग गरेको समेत बताउनुभएको थियो। राज्यले तीन बुदे सहमती विरुद्ध वारेन्ट जारी गरेर देशमा युद्ध चाहेको छ।No description available.

हामीले युद्ध चाहेका छैनौं बरु देशमा शान्ती,समृद्धि,स्वाधीनता प्राप्तिका लागि आन्दोलन गरिरहेका छौं,नेता शितलले भने। एक फरक प्रसंगमा बोल्दै शितलले नेपाली नागरिक भएर बाच्न चाहाने हो भने राष्ट्रघाती एमसिसी सम्झौता रोक्नुपर्ने समेत स्पष्ट पार्नुभएको थियो। उहाले आफ्नो पार्टी रहदासम्म नेपाललाइ अमेरिकी साम्राज्यवादको युद्धमैदान हुन् नदिने जिकिर समेत गर्नुभएको थियो। नेता शितलले धर्मेन्द्र-सुदर्शन समुहले राजनितीक,आर्थिक,सांगठनिक,सांस्कृतिक अराजकताबाट बच्न नया पार्टीको रंग दिएको भन्दै उक्त समुहको औचित्य नभएको स्पष्ट समेत पार्नुभएको थियो।No description available.

नेकपाका केन्द्रीय सदस्य एवम दाङका इन्चार्ज शितलको प्रमुख आतिथ्यमा सुरु भएको जिल्लाको नवौं जिल्ला सम्मेलनमा नेकपाका केन्द्रीय सदस्य एवम सल्यान-रुकुम पश्चिम जिल्ला इन्चार्ज सबिन,मधेसी मुक्ती मोर्चा नेपालका जिल्ला अध्यक्ष शुर्य यादव,नेकपा दाङ जिल्ला सल्लाहकार समिती सदस्य द्वय सौनी चौधरी र नवराज पाण्डे,नेपाल प्राध्यापक संघका केन्द्रीय सदस्य बंशिधर आचार्य,जनसेवक दाङका प्रमुख प्रतिरोध,पुराना कम्युनिस्ट नेता धनराज वली,एकीकृत जनक्रान्तीका सहिद महानकि पत्नी एवम मगर मुक्ती मोर्चा नेपालका केन्द्रीय सदस्य मालती राणा,अनेमसंघ क्रान्तिकारीका केन्द्रीय सदस्य रेखा रोका ।No description available.

जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य हेमन्त प्रकाश वली,अखिल नेपाल क्रान्तिकारी किसान महासंघका केन्द्रीय सदस्य पन्चाराम नेपाली,गणतान्त्रिक खेलकुद महासंघका केन्द्रीय सदस्य एवम लुम्बिनी प्रदेश इन्चार्ज रुद्र वली,मुस्लिम मुक्ती मोर्चाका केन्द्रीय सदस्य जलिल मिया,राष्ट्रिय बामपंथी मोर्चा नेपालका केन्द्रीय सदस्य मंगल थारु,राष्ट्रिय कर्मचारी महासंघका केन्द्रीय सदस्य नर बहादुर रोका,श्रमिक समुदाय मोर्चा नेपालका केन्द्रीय सदस्य सुरज परियार,थारु मुक्ती मोर्चाका केन्द्रीय सदस्य चुलुवा चौधरी,अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य अनिल केसि,अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय सदस्य निर्मला डिसि,बेपत्ता परिवार समाजका केन्द्रीय सदस्य धर्ती,मगर मुक्ती मोर्चा नेपालका केन्द्रिय सचिव भिम प्रकाश पुन,युवा संगठन नेपालका केन्द्रीय सचीव तिलक,अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय उपाध्यक्ष डिल्ली वली,युवा संगठन नेपालका केन्द्रीय अध्यक्ष पाटन,नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा सल्यान-रुकुम पश्चिम जिल्ला इन्चार्ज सबिन लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।No description available.

पार्टीको नवौं जिल्ला सम्मेलनको उद्घाटन सत्रमा नेकपा निकट जवस/मोर्चाका केन्द्रीय सदस्यहरुको आतिथ्य रहेको थियो। भदौ १९ र २० गते दुईदिनसम्म चल्ने सम्मेलनको उद्घाटन सत्र सम्पन्न भएको छ भने आइतबार देखिनै बन्द-सत्र सुरु हुने भएको छ ।

नेकपा दाङको नवौं जिल्ला सम्मेलन आयोजक कमिटीका संयोजक प्रदीप वलीको अध्यक्षतामा सुरु भएको उद्घाटन सत्र कार्यक्रमको संचालन सम्मेलन आयोजक कमिटीका सदस्य विकाश वलीले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे