सिद्धार्थ क्याम्पसका २ वटा बसमा तोडफोड, भेटियो यस्तो पत्र



सिद्धार्थ क्याम्पसका २ वटा बसमा तोडफोड, भेटियो यस्तो पत्र

कपिलवस्तु । कपिलवस्तुको वाणगंगा नगरपालिका बुंचीमा अवस्थीत सिद्धार्थ क्याम्पसको २ वटा बसमा तोडफोड भएको छ । क्याम्पसको प्राङ्गणमा रोकिराखेका दुई वटा बस माथि तोडफोड भएको क्याम्पस प्रसासनले जनाएको छ ।

बस तोडफोड भएकै ठाँउमा नेकपा बहुमत निकट अखिल क्रान्तिकारीको पत्र भेटिएको छ । जसमा सिद्धार्थ क्याम्पसलाई जनकारवाही गराइएको जनाइएको छ ।

पत्रमा विद्यार्थीको मागप्रति क्याम्पस गम्भिर नभएको, पब्लिक क्याम्पस संघले बढाएको शुल्क फिर्ता नगरेको, विद्यार्थी आन्दोलनलाई बेवास्ता गर्दै जायज आन्दोलन विरुद्ध गतिविधी गरेको, विद्यार्थीका माग पुरा गर्न लगाएको ताला तोडिएको, विद्यार्थीको जायज माग पुरा गर्न छोडेर मुठ्ठीभरका ब्यक्ती बाकेर हिडेको उल्लेख गरिएको छ । यसैगरी आफ्ना माग पुरा नगरे थप शैक्षिक हड्ताल सहित जनकारवाही गर्ने जनाइएको छ ।

यता क्याम्पस प्रमुख खेमराज शर्माले बस तोडफोड भएको स्थानमा प्रहरी आएर अनुसन्धान गरिरहेको बताउनुभएको छ । उहाँले यसले शैक्षिक क्षेत्र जस्तो संवेदनशिल पक्षमा विद्यार्थीहरुलाई पठनपाठनमा ठुलो नोक्सानी भएको बताउनुभएको छ ।

तोडफोड भएको स्थानमा भेटिएको पत्र

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे