एमालेबाट दाङ १ मा प्रतिनिधिसभाका लागि गंगा, शान्ता र रेवतीको नाम सिफारिस



एमालेबाट दाङ १ मा प्रतिनिधिसभाका लागि गंगा, शान्ता र रेवतीको नाम सिफारिस

दाङ १९ भदाै । दाङ क्षेत्र नम्वर १ मा एमालेबाट प्रतिनिधिसभा सदस्यका लागि तीन जनाको नाम सिफारिस भएको छ ।

आज पार्टी कार्यालय लमहीमा बसेको बैठकले गंगा चौधरी, शान्ता चौधरी र रेवतीरमण शर्माको नाम प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरेको एमाले दाङका अध्यक्ष हुकुम बस्नेतले जानकारी दिएका छन् । गंगा चौधरी र शान्ता चौधरी  हालका प्रतिनिधिसभा सदस्य हुन् भने रेवतीरमण शर्मा हालका प्रदेश सभा सदस्य हुन् ।

त्यसै गरी दाङ क्षेत्र नं. २ बाट नेकपा एमालेका महासचिव शंकर पोख्रेल एकल सिफारिस भएका छन् । यसैगरी दाङ क्षेत्र नम्बर ३ बाट नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञावाली सहित केन्द्रीय सदस्यद्वय घनश्याम पाण्डे र कोमल वली सिफारिस भएका छन् ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे