मेची-महाकाली युवा जागरण अभियानको भालुवाङ र लमहीमा सभा सम्पन्न



मेची-महाकाली युवा जागरण अभियानको भालुवाङ र लमहीमा सभा सम्पन्न

भालुवाङ १९ भदौ । नेकपा एकिकृत समाजवादी पार्टी निकट युवा संघ नेपालले सञ्चालन गरेको युवा जागरण मेचीमहाकाली अभियानको आइतबार देउखुरीको भालुवाङ र लमहीमा जागरण सभाहरु सम्पन्न भएका छन् ।

देशमा बढ्दो, महंगी, भष्टचार र घुसखोरीका बिरूद्ध भष्ट्रचारमुक्त र सामाजवादी देश बनाउनुपर्ने मुल उदेश्यका साथ युवा संघ नेपालले भदौ १५ गते पश्चिम महाकाली नदीमा नुहाएर शुरु गरेको मेची—महाकाली युवा जागरण अभियान भदौ २३ गते पूर्व मेची नदीमा नुहाएर सम्पन्न हुने पार्टीका प्रदेश कमिटी सदस्य अर्जुन अधिकारीले जानकारी दिए ।

सोही क्रममा उक्त मेची—महाकाली युवा जागरण अभियानको टोली आज दाङको भालुवाङ र लमहीमा सभा समेत गरेको छ । अभियानमा युवा संघ नेपालका ७५ जना बढी युवाहरुको सहभागिता रहेको छ । अभियानकर्मी युवाहरुले मोटरसाइकल, कार र बसमा सवारी गर्दै पूर्वमेची देखि पश्चिम महाकाली सम्म ५० बढी स्थानमा जागरण सभा गर्ने युवा संघ नेपाल दाङ जिल्ला अध्यक्ष हरिश गिरीले जानकारी दिए ।

भालुवाङमा आयोजित जागरणसभालाई सम्बोधन गर्दै युवा संघ नेपालकी केन्द्रीय सचिव प्रेमा लामाले आफूहरू देशमा बढ्दो मंहगी, भष्ट्रचार र अनियमिताका बिरूद्ध राष्ट्रिय अभियान सञ्चालन गरेको बताइन् । उहाँले देशको समृद्ध र सुशासनका लागि यो मुलुकमा नेकपा एसको विकल्प नरहेको दाबी गरिन् ।

यस्तै कार्यक्रममा पार्टीका संघीय परिषद् सदस्य तथा प्रदेश निर्वाचन क्षेत्र क का इन्चार्ज रामप्रसाद गैरे लगायतका बक्ताले बोल्नु भएको थियो । कार्यक्रमको सञ्चालन युवा संघका जिल्ला अध्यक्ष हरिश गिरीले गरेका थिए ।

यता लमहीमा आयोजित जागरण सभालाई पार्टीका केन्द्रिय सचिव भागवत विश्वासी र युवा संघ नेपालका केन्द्रिय सचिव प्रेमा लामाले सम्बोधन गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे