शिक्षा क्षेत्रमा राप्तीलाई देशकै नमुना पालिका बनाउने छौ : अध्यक्ष बिष्ट



शिक्षा क्षेत्रमा राप्तीलाई देशकै नमुना पालिका बनाउने छौ : अध्यक्ष बिष्ट

भालुवाङ १८ भदाै । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले राप्ती गाउँपालिकालाई शिक्षा क्षेत्रमा देशकै नमुना पालिका बनाउने बताएका छन् । नेकपा माओवादी केन्द्र निकट शिक्षक संगठनको प्रदेश स्तरीय भेलालाई शनिबार मसुरीयामा सम्बोधन गर्दै उक्त दाबी गरेका हुन् ।

संविधानमा उल्लेख भएको नि-शुल्क शिक्षा प्रदान गर्न पालिकाले सुरु गरेको बताउदै बिष्टले सबै बिद्यालयलाई नमुना बनाउन पनि शिक्षक हरुलाइ आग्रह गरेका थिए ।

१२ पास गर्ने विद्यार्थीले केही सीप सिकेर जाने वातावरण पालिकामा लागू गर्न लागेको बताउदै बिष्टले महाबीर पुनको आविष्कार केन्द्र संग कुरा भैरहेको र आविष्कार केन्द्रले राप्ती गाउँपालिका लाई सहयोग गर्न सकारात्मक रहेको पनि बताएका थिए ।

शिक्षकहरुले विद्यार्थीलाई पाठ्यपुस्तक सहित बाहिर कुरा पनि सिकाउन आग्रह गर्दै अध्यक्ष बिष्टले बिद्यार्थीलाई संस्कार, नैतिकता, सामाजिक उत्तरदायित्व लगायतका कुरा सिकाउन पनि सुझाव दिएको थिए । विद्यार्थीलाई सीप सिकाएर उत्पादनमुलक बनाउन आग्रह गर्दै अध्यक्ष बिष्टले बिश्व क्षेत्रमामा हाम्रा विद्यार्थीलाई उदाहरणीय बनाउन र देशमा दक्ष जनशक्ति उत्पादन गर्न पनि आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे