एमालेद्वारा दाङ निर्वाचन क्षेत्र नम्बर १ को (क) बाट ५ र (ख) बाट ४ जना गरि ९ जनाको नाम सिफारिस



एमालेद्वारा दाङ निर्वाचन क्षेत्र नम्बर १ को (क) बाट ५ र (ख) बाट ४ जना गरि ९ जनाको नाम सिफारिस

दाङ १८ भदौ । दाङ निर्वाचन क्षेत्र नं २ (ख) र ३ (क) बाह्यक सबै ठाउँबाट प्रदेश सभा सदस्य पदका लागि नेकपा एमालेले उम्मेदवारहरुको नाम सिफारिस गरेको छ । दाङ निर्वाचन क्षेत्र नं १ बाट नेकपा एमालेले प्रदेश सभा सदस्यको उम्मेदवारका लागि ९ जनाको नाम सिफारिस गरेको छ ।

क्षेत्र नं. १ (क) बाट किरण भण्डारी , खिमबहादुर केसी, गंगाराम भटराई, मोहन पाण्डे र स्यानु नारायण अधिकारीको नाम सिफारिस गरिएको छ । त्यसैगरी १(ख)बाट रेवतीरमण शर्मा, सरस्वती गौतम, कुलबहादुर केसी र रतन केसीको नाम सिफारिस गरिएको छ । यता निर्वाचन क्षेत्र नं. २ (क) बाट बलिभद्र रानाको सर्बसम्मतरुपमा एकल नाम सिफारिस गरिएको छ ।

त्यसैगरी २(ख) मा लक्ष्मण आचार्य, गिरिराज केसि, टाेपेन्द्र केसि, छबिलाल वलि लगायत गरेर १५ जनाले दाबी गरेपछि त्यहाँ शनिबार सहमति हुन सकेन । तिन जनाको नाम मात्रै पठाइने एमालेले जनाएको छ । एमाले स्थानिय तहको मत अनुसार सत्तारुढ गठबन्धन भन्दा ४ हजार मतले अघि छ । क्षेत्र नं ३(ख)मा ३ जनाको नाम सिफारिस गरिएको छ । जसमा हुकुम बस्नेत, मेघराज भुसाल र धमकली चौधरी रहेको एमाले नेता एमएन शाहले जानकारी दिए ।

तर क्षेत्र नं. ३(क) मा १३ जनाले उम्मेदवारका लागि दाबी गरेपछि सहमति हुन सकेन । जसका कारण दुबै निर्वाचन क्षेत्रमा नेताहरुले दिनभर गरेको प्रयास असफल भएको छ । शनिबार टुङ्गो नलागेपछि आइतबार फेरी सहमतिका लागि प्रयास गरिने एमाले दाङका सचिव मनोहर बुढाथोकीले बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे