जसपाकी केन्द्रिय सदस्य लक्ष्मी चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश



जसपाकी केन्द्रिय सदस्य लक्ष्मी चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश

लमही १८ भदाै । जनता समाजवादी पार्टीकी केन्द्रिय सदस्य लक्ष्मी चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेकी छिन् ।

शनिबार दाङको भालुवाङमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनलाई नेकपा (माओवादी केन्द्र)का केन्द्रीय उपाध्यक्ष तथा पुर्व सभामुख कृ्ष्णबहादुर महराले टीका र खाँदा लगाएर स्वागत गरेका थिए । चौधरी जसपाको लुम्बिनी प्रदेश सचिव पनि थिइन् । उनी भरखरै जिल्ला भूमि आयोगको विज्ञ सदस्यको रुपमा नियुक्त भएकी थिइन् ।

पार्टी प्रवेश गर्दै लक्ष्मी चौधरीले नेकपा माओवादीबाटै जनजाती अधिकारको लागि थप आन्दोलन गर्न सहज हुने र जनआन्दोलनमा माओवादीको भूमिका ठूलो भएको बताउँदै, उनले अब माओवादीमा रहेर सङ्गठन विस्तारमा लाग्ने बताए ।

उनलाई स्वागत गर्दै नेकपा माओवादी केन्द्रका उपाध्यक्ष महराले उनलाई पार्टीमा उचित जिम्मेवारी दिने बताए । जसपाबाट बावुुराम भट्टराई अलग भइसकेपछि उपेन्द्र यादव नेतृत्वको जसपाले उनलाई केन्द्रीय सदस्यमा मनोनित गरेको थियो । चौधरी लामो समय आदीवासी जनजाती आन्दोलनमा खारिएको नेतृ हुन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे