निलम्बित प्रधानन्यायाधीश जबरासँग भाेलि थप बयान लिइने, आज ४ वटा प्रश्नकाे मात्रै जवाफ



निलम्बित प्रधानन्यायाधीश जबरासँग भाेलि थप बयान लिइने, आज ४ वटा प्रश्नकाे मात्रै जवाफ

काठमाण्डाै १५ भदाै । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग महाअभियोग सिफारिस समितिले भोलि बिहीवार पनि बयान लिने भएको छ । आज बुधवार बयान नसकिएपछि थप बयान भोलि लिने निर्णय भएको समितिले जनाएको छ । समितिको अर्को बैठक भोलि बिहान ११ बजे फेरि बस्नेछ ।

महाअभियोग सिफारिस समितिले ४३ वटा प्रश्न बनाएको छ । त्यस्तै नेपाल बार एसाेसिएशनले पठाएको प्रमाणका आधारमा थप २१ वटा प्रश्न तय गरिएका छन् । निलम्बित प्रधानन्यायधीश जबराले आज चार वटा प्रश्नको मात्रै जवाफ दिए । थप प्रश्नमा भोलि जवाफ मागिने छ ।

बयानमा निलम्बित प्रधानन्यायाधीश जबराले आफ्नो महाअभियोग प्रस्ताव स्वतः निष्क्रिय भएको दाबी गर्नुभएको छ । उहाँले संसदीय नियम, कानुन र अभ्यासको पालना नभएको र प्रचलित कानुनअनुसार आफ्नो महाअभियोग प्रस्ताव निष्क्रिय भइसकेको तर संसदको सम्मानका लागि मात्रै आफू समितिमा आएको बताए ।

उहाँले कुनै एक व्यक्तिलाई प्रधानन्यायाधीश बनाउनकै लागि आफूमाथि महाअभियोग प्रस्ताव दर्ता भएको भन्दै न्यायालयलाई राजनीतिमा तान्ने काम दलहरूले नै गरेको समेत आरोप लगाउनुभएको छ । आफूले गरेका सबै फैसला र अदालती काम संविधानले दिएको अधिकार र न्यायालयको मर्यादाअनुसार नै भएको जबराको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे