पहिरोका कारण अवरुद्ध मुग्लिन–नारायणगढ सडकखण्ड खुल्यो, गाडी चापमा चल्दै



पहिरोका कारण अवरुद्ध मुग्लिन–नारायणगढ सडकखण्ड खुल्यो, गाडी चापमा चल्दै

काठमाण्डाै १५ भदाै । पहिरोका कारण अवरुद्ध मुग्लिन-नारायणगढ सडकखण्ड खुलेको छ । अघि  बिहान साढे ८ बजेदेखि सडक खुलेको प्रहरीले जनाएको छ ।

डोजरले पहिरो पन्छाएपछि सडक खुलेको हो । तर, पहिरोका कारण गएराति साढे २ बजेदेखि नै गाडी रोकिएकाले यो सडकमा लामो जाम छ । जिल्ला प्रहरी कार्यालय चितवनले सडक लेन अनुशासन पालना नगरे जाम झनै बढ्ने भन्दै नियम पालना गरिदिन आग्रह गरेको छ ।

चितवनको भरतपुर महानगरपालिका–२९ मा रहेको केराबारीमा लेदोसहितको पहिरो खस्दा गएराति साढे २ बजेदेखि यो सडक अवरुद्ध भएको थियो ।  गएको साउन महिनामा पनि यो क्षेत्रमा पटक–पटक पहिरो खसेर सडक अवरुद्ध भएको थियो ।

पानी पर्न कम भएसँगै पहिरो रोकिएको थियो । तर,  अहिले फेरि त्यस क्षेत्रमा पानी परेसँगै पहिरो खस्न थालेको छ । पहिरोको उच्च जोखिम रहेकाले नारायणगढ–मुग्लिन सडकमा यात्रा गर्दा सडकको अवस्थाबारे ख्याल गर्न प्रहरीले आग्रह गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे