इराकमा भएको हिंसात्मक प्रदर्शनमा अन्तर्राष्ट्रिय निकायबाट चासो र चिन्ता व्यक्त



इराकमा भएको हिंसात्मक प्रदर्शनमा अन्तर्राष्ट्रिय निकायबाट चासो र चिन्ता व्यक्त

एजेन्सी । शिया धर्मगुरुले राजनीति छोड्ने घोषणा गरेपछि इराकमा भैरहेको प्रदर्शन हिंसात्मक बनेपछि अन्तर्राष्ट्रिय निकायले चासो र चिन्ता व्यक्त गरेका छन् ।

धर्मगुरु मुक्तादा अल–सद्रका समर्थक र सुरक्षाकर्मीबीच भएको झडपप्रति चिन्ता व्यक्त गर्दै संयुक्त राष्ट्र संघ तथा युरोपेली संघ (ईयू)ले सबै पक्षलाई संयमित हुन आग्रह गरेका छन् ।

ईयूले विज्ञप्ति निकालेर सबै पक्षहरूलाई थप हिंसाका घटना हुनबाट रोक्न संयमता अपनाउन आग्रह गरेको अल जजीराले जनाएको छ । संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेर्रेसले पनि सबै सम्बन्धित पक्षहरूलाई द्वन्द्वात्मक परिस्थिति कम गर्न र कुनै पनि हिंसा हुन नदिन तत्काल कदम चाल्न आग्रह गर्नुभएको छ ।

घटनापछि टर्कीले आफ्ना नागरिकलाई बग्दादको यात्रा नगर्न आग्रह गरेको छ । साथै त्यहाँको सङ्कट समाधान गर्न ‘समावेशी वार्ता’ को लागि आह्वान गरेको छ । इराकमा भएको झडपमा कम्तीमा ३० जनाको ज्यान गएको छ ।

सरकारी भवनबाहिर तोडफोडसहित भएको हिंसात्मक प्रदर्शनमा केहि घाइते भएका छन् । धर्मगुरु सद्रले एक टेलिभिजन सम्बोधनमार्फत आन्दोलनकारीलाई घर फर्कन आदेश दिएपछि अहिले बग्दादको अवस्था केही शान्त भएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे