तीजको नाच हेर्ने क्रममा झडप हुँदा एक युवकको मृत्यु



तीजको नाच हेर्ने क्रममा झडप हुँदा एक युवकको मृत्यु

सुर्खेत १५ भदौ । सुर्खेतमा तीजको नाच हेर्ने क्रममा झडप हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको वीरेन्द्रनगर नगरपालिका–१०का २० वर्षीय रोशन जीसी रहेका छन् ।

गएराती झडपका क्रममा ढुंगा प्रहारबाट जीसी गम्भीर घाइते भएका थिए । उनलाई अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक पदम बहादुर विष्टले जानकारी दिए । घटनामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे