राप्ती गाउँपालिकाको विभिन्न स्थानमा तीज कार्यक्रम सम्पन्न



राप्ती गाउँपालिकाको विभिन्न स्थानमा तीज कार्यक्रम सम्पन्न

भालुवाङ १४ भदाै । नेपाली नारीहरूले यस वर्षको तीज धुमधामले मनाएका छन् । २/३ वर्षको कोरोना महामारीका कारण नाचगान गर्न नपाएका महिला दिदीबहिनीहरूले यस पालिको तीजमा धोको फेरेर नाचेका छन् ।

दाङको राप्ती गाउँपालिकाको विभिन्न स्थानमा पनि आज तीज कार्यक्रम सम्पन्न भएका छन् । राप्ती गाउँपालिकाको सिसहनियाँ बजार, पिपरी, मसुरीया, पाखापानी र भालुवाङ बजार लगायतका क्षेत्रमा यस पालि तीज कार्यक्रम भएका छन् । विगतका वर्षमा महिलाहरूको बाक्लो उपस्थितिमा हुने गरेको तीज कार्यक्रम यस वर्ष भने न्यून संख्यामा महिलाहरूको सहभागीता रहेको थियोे ।

सहभागीता संख्या कम भएपनि उपस्थित महिला दिदीबहिनीहरूले भने धोको फेरेर नाचगान गरेका छन् । कार्यक्रममा सहभागी महिलाहरूले गाएका गीतहरूमा खासै माैलिकता देखिएन् । सहभागी महिलाहरूले माया प्रेमका गीतहरू गाएको प्राय सुनिन्थ्यो । पछिल्लो समय गायक गायिकाहरूले समेत गीतको भ्युज बढाउने नाममा समाजमा अपाच्चे गीत गाउन थालेपछि त्यसको सिको गाउँ घरमा समेत देखिन थालेको छ ।

तर यस्ता गीत पुराना बुढापाखाहरूलाई भने मन परेको छैन् । दुख, सुख अनि अनि संदेशमुलक गीत हुनुपर्ने बुढापाखाहरूको भनाई छ । यसै गरि देउखुरीको लमही, गढवा, राजपुरमा समेत तीज कार्यक्रम सम्पन्न भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे