देउखुरीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार राप्तीका २ दम्पत्ती घाइते



देउखुरीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार राप्तीका २ दम्पत्ती घाइते

लमही २९ साउन । दाङमा बसको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमान र श्रीमती घाइते भएका छन् । गम्भीर घाइते हुनेमा राप्ती गाउँपालिका–३ निवासी १९ बर्षिय गेहेन्द्र गुप्ता र उनकी १९ बर्षिया श्रीमती बिन्दु गुप्ता रहेको वडा प्रहरी कार्यालय लमहीका प्रमुख पुष्पराज थापाले जानकारी दिएका छन् । घाइतेलाई थप उपचारका लागी बुटवल पठाइएको थापाले बताए ।

लमहीबाट गोवरडिहा जादै गरेको भे १ ख २८७९ नम्बरको बसले गढवाबाट लमही आउदै गरेको रा ७ प ३९२३ नम्बरको मोटरसाइकललाइ करिब पाँच बजे ठक्कर दिएको थियो । बसलाई लमही प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक फरार रहेको प्रहरीले बताएको छ । श्रीमान भन्दा श्रीमतिको अवस्था कम जोखिम रहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे