शान्तिनगरका दर्जनौं युवाहरु राष्ट्रिय जनमोर्चामा प्रवेश, नयाँ प्रवेशीहरुद्धारा समिति गठन



शान्तिनगरका दर्जनौं युवाहरु राष्ट्रिय जनमोर्चामा प्रवेश, नयाँ प्रवेशीहरुद्धारा समिति गठन

दाङ २१ कार्तिक । शान्तिनगर गाउँपालिकाका दर्जनौ युबाहरु राष्ट्रिय जनमोर्चामा प्रवेश गरेका छ्न । शान्तिनगरको चिराघाटमा एक कार्यक्रमको आयोजना गरि युबाहरु जनमोर्चामा प्रवेश गरेका हुन् । पार्टीका जिल्ला अध्यक्ष गणेश आचार्यले नब प्रबेसी सबैलाई अबिर र पार्टीको सदस्यता प्रदान गरि पार्टीमा प्रवेश गराएका हुन् । कार्यक्रमका प्रमुख अतिथि जिल्ला अध्यक्ष आचार्यले सामाजमा ब्याप्त बेथितिहरुको अन्त्य गर्दै समाजलाई सकारात्मक रुपान्तरणमा महत्वपूर्ण भुमिका निर्बाह गर्नुपर्ने बताए ।

पार्टीमा प्रवेश गर्नेहरुमा रमेश अधिकारी, कोमल बुढाथोकी, शिवकुमार देबकोटा, ललिता बिक लगायत रहेका छन् । रमेश अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा अखिल नेपाल युवक संघका पुर्ब जिल्ला अध्यक्ष शशिराम बुढाथोकी, अखिल नेपाल युबक संघ घोराही नगर उपाध्यक्ष सुमन घर्ती शान्तिनगर युबा संजालका अध्यक्ष कर्णदिप देबकोटा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

शान्तिनगरमा राजमो समिति गठन
दाङ जिल्लाको शान्तिनगर गाउँपालिकामा राष्ट्रिय जनमोर्चाको समिति गठन भएको छ । गाउँपालिकाको चिराघाटमा भेला गरी समिति गठन भएको हो । रमेश अधिकारीको अध्यक्षता र पार्टीका जिल्ला अध्यक्ष गणेश आचार्यको प्रमुख आतिथ्यतामा भएको भेलाले रमेश अधिकारीकै अध्यक्षतामा तीन स्थान रिक्त सहित १७ सदस्यीय गाउँपालिका स्तरीय समिति गठन गरेको हो ।

समितिको उपाध्यक्षमा कोमल बुढाथोकी, सचिबमा शिवकुमार देबकोटा, सहसचिवमा ललिता बिक, कोषाध्यक्षमा तुलसी थापा र सदस्यहरुमा सुमन थापा, उमेश बिक, यामबहादुर खडका, हिमाल बिक, कृष्ण भुसाल, भानुभक्त बिक, सुनिता बिक, महेश घर्ती, मेघबहादुर गन्धर्व रहेका छन् । भेलामा अखिल नेपाल युबक संघका पुर्ब केन्द्रिय सदस्य शशिराम बुढाथोकी , घोराही नगर उपाध्यक्ष सुमन घर्ती, शान्तिनगर युबा संजालका अध्यक्ष कर्णदिप देबकोटा लगायतले मन्तव्य व्यक्त गरेका थिए । निर्बाचित नयाँ समितिलाई जिल्ला अध्यक्ष गणेश आचार्य र सुदिप कडेलले बधाई दिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे