मजगैयाँ गोतियारको तेस्रो सम्मेलन सम्पन्न, अध्यक्षमा मिनकेतन चाैधरी निर्वाचित



मजगैयाँ गोतियारको तेस्रो सम्मेलन सम्पन्न, अध्यक्षमा मिनकेतन चाैधरी निर्वाचित

लमही १९ साउन । मजगैयाँ गोतियारको तेस्रो सम्मेलन बुधबार लमही नगरपालिका वडा नम्बर ३ मजगाउँमा सम्पन्न भएको छ ।

भाग्यवान चौधरीको अध्यक्षता एवम् लमही नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष मनोज कुमार चौधरीको प्रमुख आतिथ्य तथा सत्गौवा थारू समाज संघका अध्यक्ष खड्गबहादुर चौधरी, थारू कल्याणकारिणी सभा क्षेत्रीय समिति देउखुरीका सचिव बालगोबिन्द चौधरीको बिशिष्ट आतिथ्यमा सम्मेलन सम्पन्न भएको हो ।

सम्मेलनलाई सम्बोधन गर्दै प्रमुख अतिथि चौधरीले मजगैयाँ समाजका समाजसेवी तारालाल चौधरी र सन्तराम चौधरी लगायत को बारेमा अध्ययन अनुसन्धान गर्नुपर्ने र थारू परम्परा अन्तर्गत का रितीरिवाजको सम्रक्षण गर्नुपर्ने कुरामा जोड दिएका थिए ।

कार्यक्रममा खडकबहादुर चौधरी, बालगोबिन्द चौधरी, मिस्रुलाल चौधरी, लालमणि चौधरी, हल्ली प्रसाद चौधरी, धुव्र कुमार चौधरी, हरिनारायण चौधरीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कोषाध्यक्ष बिनोदकुमार चौधरीले आर्थिक र सचिव मिनकेतन चौधरीले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सम्मेलनले नयाँ कार्यसमिति समेत चयन गरेको छ । जस अनुसार अध्यक्षमा मिनकेतन चौधरी, उपाध्यक्षमा बिनोद कुमार चौधरी, सचिवमा छुनिलाल चौधरी, सहसचिवमा महादेव चौधरी, कोषाध्यक्षमा शिवप्रसाद चौधरी र सदस्यहरुमा रामबहादुर चौधरी, गणेश चौधरी, माया चौधरी, राजकुमारी चौधरी, हरिराम चौधरी र सितकान्त चौधरी निर्वाचित भएका छन् ।

सम्मेलनले सल्लाहकार समिति पनि चयन गरेको छ । जसमा धुव्र कुमार चौधरी, अयोध्या चौधरी, मनिराम चौधरी, मिस्रुलाल चौधरी, हल्लीप्रसाद चौधरी र हरिनारायण चौधरी रहेका छन् । कार्यक्रमको सञ्चालन मिनकेतन चौधरीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे