राप्तीमा निशुल्क तथा गुणस्तरीय शिक्षा कार्यान्वयन कार्यविधि २०७९ पास



राप्तीमा निशुल्क तथा गुणस्तरीय शिक्षा कार्यान्वयन कार्यविधि २०७९ पास

भालुवाङ १९ साउन । दाङको राप्ती गाउँपालिकाले निशुल्क तथा गुणस्तरीय शिक्षा कार्यान्वयन कार्यविधि २०७९ पास गरेको छ ।

गाउँ कार्यपालिकाकी कार्यवाहक अध्यक्ष कमलापती चाैधरीको अध्यक्षतामा बुधबार बसेको २०७९/०८० को चाैथो कार्यपालिका बैठकले सो निर्णय गरेको हो ।

त्यस्तै बैठकले अनाथ बालबालिकाका लागि मासिक अनाथ भत्ता ५ सय रूपैयाँबाट वृद्धि गरि मासिक १ हजार रूपैयाँ दिने गरि कार्यबिधी पास भएको प्रवक्ता पहलवान चाैधरी ( अनुप) ले जानकारी दिएका छन् ।

भने राप्ती गाउँपालिका वडा नम्बर ८ को जिर्ण भवन तत्काल मर्मत गर्ने निर्णय गरेको छ । यस्तै  बैठकले यस अघि गाउँपालिका क्षेत्रका विद्यालयमा बालबालिकाहरूमा भाइरल ज्वरो देखिए पछि यहि साउन १८ गते देखि २४ गते सम्म ७ दिनका लागि सामुदायिक तथा संस्थागत विद्यालयमा बिदा दिने निर्णय गरेको थियो ।

बैठकको सहजीकरण निमित्त प्रमुख प्रशासकीय अधिकृत जिवराज पाैडेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे