देउपुरमा ट्रयाक्टरबाट खसेर एक जना किशोरको मृत्यु



देउपुरमा ट्रयाक्टरबाट खसेर एक जना किशोरको मृत्यु

लमही १९ साउन । दाङमा ट्रयाक्टरबाट खसेर एक जना किशोरको मृत्यु भएको छ । बिहीबार विहान लमही नगरपालिका–६ देउपुरमा ट्रयाक्टरबाट खसेर ती किशोरको मृत्यु भएको हो ।

मृत्यु हुनेमा स्थानीय १५ वर्षीय सुशान चौधरी रहेका छन् ।ट्रयाक्टरबाट खसेर गम्भीर घाइते भएका उनको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

लु ४ त ८१०६ नम्बरको ट्रयाक्टरमा सवार उनी आज बिहान ६ बजे ट्रयाक्टरबाट खसेका हुन् । ट्रयाक्टर सहित चालकलाई वडा प्रहरी कार्यालय लमहीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे