बलात्कार मुद्दा परेपछि माओबादी नेता बिष्णु शर्मा फरार



बलात्कार मुद्दा परेपछि माओबादी नेता बिष्णु शर्मा फरार

तुलसीपुर १८ साउन । युवती माथि बलात्कार मुद्दा परेपछि दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ डाँडाखुटी निवासी ३८ बर्षीय बिष्णु शर्मा फरार भएका छन् । डाँडाखुटीमा घर भइ हाल वडा नं. ९ बेलुवामा बस्दै आएका शर्मा नेकपा माओबादी केन्द्र तुलसीपुर – ३ नम्बर वडा कमिटीका सचिव हुन ।

तनुहँकी एक २४ बर्षीया युवतिलाई हनी ट्रयापमा पारेर होटेलमा बलात्कार गरेको अभियोग पछि शर्मा फरार भएका छन् । साउन १२ गते तुलसीपुरस्थित एक होटेलमा शर्माले ती युवतिमाथि जवरजस्ति बलात्कार गरेको मुद्दा दर्ता भएपछि उनी फरार रहँदै आएको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले  बताए ।

शर्मा ज्यान तथा लागु औषध मुद्दामा १६ बर्ष काराबास सजाए भोगेर एक डेढ बर्ष पहिले मात्रै आममाफी पाएर छुटेका ब्यक्ति रहेको प्रहरीले जानकारी दिएको छ । नारायणघाट कारागारमा रहेका आफ्नी प्रेमीलाई छुटाइदिने आश्वासन दिएर युवतिलाई तुलसीपुर बोलाइएको र शर्माले हनीट्रयापमा पारी बलात्कार गरेको तथ्य खुलेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले फरार शर्माको खोजी कार्य तीब्र पारिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे