दाङका स्कुल बसमा विद्यार्थीहरू कोचाकोच, विद्यार्थीलाई सास्ती, सम्बन्धित निकाय बेखवर



दाङका स्कुल बसमा विद्यार्थीहरू कोचाकोच, विद्यार्थीलाई सास्ती, सम्बन्धित निकाय बेखवर

सिसहनियाँ १५ साउन । स्कुल बस विद्यार्थीले खचाखच छ । सिट क्षमता भन्दा तेब्बर विद्यार्थी छन् ।   किताबको भारी बोकेका कलिला विद्यार्थी सकी नसकी विद्यार्थीको काख काखमा बसेका छन् भने कोही उभिएका छन् । कोही क्याबिनमा कोचिएका छन् । त्यही बसमा सवार  शिक्षक शिक्षिकाहरू पनि उभिएका छन् ।

उभिएका विद्यार्थी सिटतिर हेर्छन्, कुनै पनि सिट खाली छैन । पत्रकारले सोधे नानी सिटमा बस पत्रकारले सोधेको पश्नमा ती बालिका बोलिन्, खाली सिट छैन के सर ।  विद्यार्थीहरु अगाडि पछाडि सर्छन् तर बसमा सिट खाली छैनन् । बस अघि बढ्छ, विद्यार्थीहरु उसैगरी बसेका र उभिएका छन् । दाङको राप्ती गाउँपालिका वडा नम्बर ७ बड्का सिसहनियाँमा रहेको शुभदर्पण एकेडेमीले विद्यार्थी ओसार्न सञ्चालन गरेको दुई वटा बसभित्रको दृष्य हो, यो । सो बोर्डिङ स्कुलका बालबालिका हरेक दिन यसै गरि सास्ती खेपेर विद्यालय आवतजावत गर्न बाधय छन् ।

बोर्डिङ स्कुलमा विद्यार्थी संख्या बढिरहेको छ तर बसको संख्या बढेको छैन जसले गर्दा स्कुल बस प्रयोग गर्ने बालबालिका सास्ती भोग्न बाध्य भएका हुन् । ती दुवै स्कुल बसमा एउटा सिटमा ५/६ जना विद्यार्थी राख्ने गरेको छ भने सिटमा नअटाउने ठुला विद्यार्थीलाई गल्लीमा उभाएर ल्याउने लैजाने गरेको अभिभावक रणप्रसाद सुवेदीले बताए । हामीले महँगो शुल्क तिरेर विद्यार्थी भर्ना गरेका हुन्छाै तर विद्यालयले भने विद्यार्थीहरूलाई दुख दिने गरि गाडीमा कोचेर राख्दा उनीहरूलाई असहज हुन्छ नै गाडी दुर्घटनाको जोखिम समेत उत्तिकै रहेको सुवेदीले बताए ।

यस विषयमा इलाका प्रहरी कार्यालय सिसहनियाँलाई जानकारी गराउँदा प्रहरी प्रमुख जीवन केसीले सोमबार देखि नै विद्यालय गाडीमा पनि निगरानी बढाउने र सिट क्षमता भन्दा बढी विद्यार्थी राखेको पाइएमा जरिवाना काट्ने बताएका छन् । कुनै पनि गाडीलाई सिट क्षमता भन्दा बढी यात्रु राख्ने अधिकार वा छुट छैन सिट क्षमता भन्दा बढी विद्यार्थी वा यात्रु राखे तत्काल कारवाही गर्ने प्रहरी प्रमुख केसीले बताए ।

यता यस विषयमा विद्यालयका प्रिन्सिपल विलोचन चाैधरी सँग सम्पर्क राख्दा प्रिन्सिपल चाैधरीले यो समस्या आफ्नो विद्यालयको मात्र नभइ समग्र सवै विद्यालयको समस्या हो । गाउँपालिका वा प्रशासनले नियम लगाए हामी त्यो नियमको पालना गर्न तयार रहेको बताए । विद्यालयमा विद्यार्थीको संख्या बढी छ ।

गाडी २ वटा मात्र छ । आर्को गाडी हाल्न सक्ने विद्यालयको क्षमता छैन् त्यस कारण पनि यो समस्या आएको प्रिन्सिपल चाैधरीको भनाई । उता राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट सँग बुझ्दा कुनै पनि विद्यालयले गाडीमा विद्यार्थी कोचेर राख्न मिल्दैन अरू २ सिप्ट गर्ने ठाउँमा ३ सिप्ट गर्नु पर्छ यश विषयमा आफुले वास्तविक के हो भन्ने विषयमा जानकारी लिने र विद्यालय अनुगमनलाई समेत अगाडि बढाउने बताएका छन् ।

यो त एउटा विद्यालयको उदाहरण मात्र हो यस्ता समस्या दाङका अरू विद्यालयमा पनि नहोला भन्न सकिन्न त्यसैले पालिकाहरूले विद्यालय अनुगमन सँगै गाडीमा विद्यार्थीको बसाईको अवस्थाको निगरानी गर्न जरूरी छ भने ट्राफिक प्रहरीले विद्यालय गाडीको पनि चेक जाँच गर्न आवश्यक देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे