सरस्वती माध्यमिक विद्यालयमा नयाँ भर्ना हुन आएका विद्यार्थीलाई निशुल्क पोशाक



सरस्वती माध्यमिक विद्यालयमा नयाँ भर्ना हुन आएका विद्यार्थीलाई निशुल्क पोशाक

दाङ १६ साउन । दाङको घोराही उपमहानगरपालिका वडा नं १५ भरतपुरमा रहेको सरस्वती माध्यमिक विद्यालयमा नयाँ भर्ना हुन आएका विद्यार्थीलाई निशुल्क पोशाक प्रदान गरिएको छ ।

घोराही उपमहानगरपालिका वडा नं १५ को कार्यालयले विद्यालयमा भर्ना हुन आएका सवै नयाँ विद्यार्थीलाई पोशाक निशुल्क रुपमा दिएको विद्यालयमा प्रधानाध्यापक बसन्ता पौडेलले जानकारी दिए । चालु शैक्षिक बर्षमा विद्यालयमा भर्ना हुन आएका करिव २ सय नयाँ विद्यार्थीहरुलाई पोशाक निशुल्क रुपमा दिने ब्यवस्था वडा कार्यालयले गरेको वडा अध्यक्ष रमेशकुमार पाण्डेले जानकारी दिए ।

पोशाकको कपडा र सिलाई समेत गरी सरदर एक जना विद्यार्थीलाई एक हजार दुइ सय रुपैयाका दरले पोशाक वाापत सहयोग गरिएको वडा अध्यक्ष पाण्डेले बताए । यसैबिच आज विद्यालयमा एक कार्यक्रम गरी विद्यार्थीलाई पोशाक वितरण गरिएको छ । वडा अध्यक्ष रमेशकुमार पाण्डे र विद्यालयका प्रधानाध्यापक बसन्ता पौडेलले सम्युक्त रुपमा विद्यार्थीलाई पोशाक प्रदान गरेर कार्यक्रमको शुभारम्भ गरिएको थियो ।

कार्यक्रममा वडा सदस्य माधव श्रेष्ठ, विद्यालयमा सहायक प्रधानाध्यापक प्रकाश डाँगी र दिपककुमार श्रेष्ठ लगायतकाले वडा कार्यालयले पोशाक निशुल्क रुपमा प्रदान गर्ने कार्यले विद्यार्थीहरुलाई सहयोग मिलेको बताउनु भएको थियो । सिलाएर तयार भइ आएका विद्यार्थीलाई पोशाक बितरण शुरु गरिएको र यो केहिदेखि जारी रहने विद्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे