साफ च्याम्पियनशिप फुटबलमा नेपाल भारत सँग ८-० ले पराजित



साफ च्याम्पियनशिप फुटबलमा नेपाल भारत सँग ८-० ले पराजित

काठमाण्डौ १६ साउन । २० वर्षमुनिको साफ च्याम्पियनशिप फुटबलमा नेपालले आफ्नो तेस्रो खेलमा भारतसँग लज्जास्पद हार बेहोरेको छ ।भुवनेश्वरमा भएको खेलमा नेपाल भारतसँग ८-० गोल अन्तरले पराजित भएको हो । पहिलो हाफ निकै प्रतिस्पर्धात्मक देखिएको खेलमा एक गोलले पछि परेको नेपालले दोस्रो हाफमा थप सात गोल खायो ।

भारतका लागि टाइसनले खेलको ३२ र ६६, पार्थिवले ५० र ५२, हिमांशुले ७१, तनकधारले ७८, गुरकिरतले ९० औँ मिनेट र सुभोले इन्ज्युरी समयमा गोल गरे । यो हारसँगै नेपाल अङ्क तालिकाको तेस्रो स्थानमा झरेको छ, नेपालको ६ अङ्क छ । आज हारे पनि नेपालको फाइनल प्रवेश सम्भावना कायमै छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे