रेडियो राप्ती तथा राप्ती टेलिभिजनका दुई जना कर्मचारीलाई बिदाई



रेडियो राप्ती तथा राप्ती टेलिभिजनका दुई जना कर्मचारीलाई बिदाई

लालमटिया १५ श्रावण । दाङ देउखुरीको राप्ती गाउँँपालिका २ लालमटिया स्थित भालुबाङ सञ्चार सेवा प्रालिद्धारा सन्चालित रेडियो राप्ती ९८.४ मेगाहर्ज तथा राप्ती टेलिभिजनमा कार्यरत २ जना कर्मचारीहरुलाई आज एक कार्यक्रमका बिच बिदाई गरिएको छ ।

रेडियो तथा टेलिभिजनमा स्थापनाकाल देखि कार्यरत कार्यक्रम तथा बिज्ञापन उत्पादन शाखा प्रमुख बिरेन्द्र गिरी र हालै रेडियोमा कार्यरत समाचार वाचिका तथा कार्यक्रम प्रस्तोता रिता गाहामगरलाई रेडियो तथा टेलिभिजन कर्मचारी परिवारले बिदाई गरेको हो ।

संचारकर्मीद्धय गिरी र गाहालाई सहायक स्टेशन म्यानेजर तथा समाचार प्रमुख सन्तोषकुमार गुप्ता र लेखा तथा प्राविधिक प्रमुख अरुण पौडेलले संयुक्त रुपमा टिका खाँदा लगाई बिदाई गर्नुभएको छ । सो अवसरमा रेडियो तथा टेलिभिजनमा कार्यरत सहायक समाचार बाचिका तथा कार्यक्रम प्रस्तोताद्धय हुमा सुनार, सिमा केसी र सहायक प्राविधिक तथा कार्यक्रम प्रस्तोता किरण जिसीले समेत टिका लगाएर शुभकामना दिएका छन् ।

बिदाई समारोहमा बोल्दै सहायक स्टेशन म्यानेजर गुप्ताले रेडियो राप्ती तथा राप्ती टेलिभिजनले सिकाएका कुराहरुलाई मनैदेखि स्मरण गर्दै थप अनुशासित र जिम्मेवार भएर निरन्तर रुपमा पत्रकारीता क्षेत्रमा कृयाशिल भएर अगाडि बढ्न शुभकामना दिए ।

गिरी रेडियोको परिक्षण प्रसारणका क्रममा पहिलो पटक आवाज दिएका थिए । हाल गिरीले रेडियो राप्तीबाट प्रसारण हुने बहुचर्चित कार्यक्रम लोक सारथी, गुड नाइट, प्रतिभा विशेष र गाउँँखाने कथा लगायतका कार्यक्रमहरु चलाउदै आएका थिए भने रिता गाहाले समाचार बुलेटिन र साँँझको चौतारी लगायतका कार्यक्रमहरु चलाउदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे