स्टार समिट बोडिङ स्कुलकी पाँच बर्षिया बालिका माथि याैन दुर्वेवहार गरेको आरोपमा शिक्षक पक्राउ



स्टार समिट बोडिङ स्कुलकी पाँच बर्षिया बालिका माथि याैन दुर्वेवहार गरेको आरोपमा शिक्षक पक्राउ

सिसहनियाँ ९ साउन । दाङको देउखुरीमा विद्यार्थीलाई याैन दुर्वेवहार गरेकाे आराेपमा शिक्षक पक्राउ परेका छन् ।

राप्ती गाउँपालिका वडा नम्बर ५ पहरूवा स्थित स्टार समिट बोडिङ स्कुलमा कार्यरत ५० बर्षिय शिक्षक श्यामलाल चाैधरीले साेही विद्यालयमा अध्ययनरत पाँच बर्षिया छात्रालाई याैन दुर्वेवहार गरेकाे आराेपमा प्रहरीले साेमवार पक्राउ गरेकाे हाे ।

बालिकाले नुहाउने क्रममा आमालाई गुप्तांग दुखेकाे बताएपछि शिक्षकले दुर्वेवहार गरेकाे रहस्य खुलेकाे हाे । अभिभावककाे उजुरीका आधारमा इलाका प्रहरी कार्यालय सिसहनियाँले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय भालुवाङ पठाएको छ । अभिभावककाे किटानी जाहेरीकाे आधारमा शिक्षक माथि छानवीन गरेर कानुनी कारबाही गरिने प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे