सिसहनियाँ बजार सहितका विभिन्न स्थानमा जेब्रा क्रसिङ निर्माण



सिसहनियाँ बजार सहितका विभिन्न स्थानमा जेब्रा क्रसिङ निर्माण

सिसहनियाँ ९ साउन । देउखुरीको राप्ती गाउँपालिकाको सिसहनियाँ बजार सहित विभिन्न स्थानमा जेब्रा क्रसिङ निर्माण गरिएको छ ।

सडकमा हिड्ने बटुवा तथा विद्यार्थीहरूलाई बाटो वारपार गर्न सहज होस भन्नका लागि इलाका प्रहरी कार्यालय सिसहनियाँले राप्ती गाउँपालिकाको सहयोगमा पुर्व पश्चिम राजमार्ग अन्तरगत सिसहनियाँ बजार, पिपरी, बिजाैरी र पहरूवामा जेब्रा क्रसिङ निर्माण गरिएको इलाका प्रहरी कार्यालय सिसहनियाँका प्रमुख तथा प्रहरी नायव निरिक्षक जीवन केसीले जानकारी दिएका छन् ।

सिसहनियाँ बजार क्षेत्र, पिपरी तथा बिजाैरी बजार क्षेत्र र पहरूवामा बढी सवारी दुर्घटना हुने क्षेत्र भएकोले जेब्रा क्रसिङ निर्माण गरिएको प्रहरी नायव निरिक्षक केसीले बताए । 

जेब्रा क्रसिङ नहुँदा बटुवा तथा विद्यार्थीहरु जताततै बाटो काट्ने गरेकाले दुर्घटनाको जोखिम बढेको थियो । जेव्रा क्रसिङले सजक गराउने भएपनि जेब्रा क्रसिङ नहुँदा जोखिम मोलेर यात्रा गर्न यात्रु बाध्य थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे