दाङमा करेन्ट लागेर एक जनाको मृत्यु



दाङमा करेन्ट लागेर एक जनाको मृत्यु

दाङ ९ साउन । दाङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका ८ ढिकपुर बस्ने ३२ वर्षीय सताल खत्री रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

सोमबार विहान साढे ११ बजे आफ्नै घर बनाउने क्रममा फलामको रड माथि उचाल्दै गर्दा विद्युतको तारले छोएर खत्रीलाई करेन्ट लागेको प्रहरीले बताएको छ । करेन्ट लागेर गम्भीर घाइते भएका खत्रीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा आज साढे १२ बजे मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

मृतकको शव पोष्टमार्टम गर्नलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीको शव गृहमा राखिएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे